काठमाडौं/निर्वाचन क्षेत्र आयोग छिटो गठन गर्न निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको छ ।
आइतवार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले संविधानले व्यवस्था गरेअनुसार आगामी माघ ७ गतेभित्रै प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन गर्नु अत्यावश्यक रहेको बताए ।
ती निर्वाचनका लागि कानून र प्रदेशसभा तथा प्रतिनिसिभा सदस्यको निर्वाचनको लागि निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्व गठन गर्नुपर्ने तथा त्यसको प्रतिवेदन छिटो आयोगमा प्राप्त गराउन प्रमुख निर्वाचन आयुक्त यादवले आग्रह गरे ।
सो अवसरमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सम्बन्धी ऐनहरू छिट्टै पारित गरिने र निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन गरी निर्वाचन आयोगलाई प्रतिवेदन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
छलफलमा आयोगका पदाधिकारी र सरकारका मन्त्री तथा सचिवहरुको उपस्थिति थियो ।