बुटवल १ साउन । निर्वाचन आयोगले आजदेखि ७५ वटै जिल्लामा फोटोसहितको मतदाता नामावली अद्यावधिक शुरु गरेको छ ।
प्रदेश सभा र संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) निर्वाचनका लागि आयोगले आजदेखि मतदाता नामाली अद्यावधिक गर्ने काम शुरु भएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आयोगले प्रादेशिक र संसदीय निर्वाचनलाई केन्द्रित गर्दै जिल्ला निर्वाचन कार्यालयमार्फत फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता शुरु भएको आयोगका प्रवक्ता सुर्य प्रसाद शर्माले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली अभियान सुरु गरे संगै रुपन्देहीमा पनि मतदाता नामावली संकंलन अभियान आज बाट सुरु भएको छ । निर्वाचन आयोगले निर्देशन दिए अनुसार जिल्ला सदमुकाम बाट मात्र मतदाता नामावली संकलन कार्य अगाडि बढेको हो ।
जिल्ला सदरमुकाम बाट मात्र मतदाता नामावली संकलन भएकाले आज पहिलो दिन रुपन्देहीमा फोटो सहितको मतदाता नामावली संकलन कार्यमा रुपन्देही बासिको उल्लेखनिय उपस्थिती रहेको थियो ।
आज बाट अर्थात साउन एक गतेबाट सुरु गरिएको अभियान १५ गते सम्म संचालनमा रहने र फोटो सहितको मतदाता परिचय पत्र बनाउन नागरिकताको प्रमाण पत्र तथा फोटोकपि आवश्यक रहने जिल्ला निर्वाचा कार्यलयले जनाएको छ । अरु जिल्ला को नागरिकता भएमा बसाई सराईको प्रमाण पत्र आवश्यक पर्ने जिल्ला निर्वाचा कार्यलयका प्रमुख हुमानाथ गौतमले जानकारी दिनु भयो ।