विद्यार्थी खेलाडिलाई भलिवल सहयोग

603

विद्यार्थी खेलाडिलाई  भलिवल सहयोग


बुटवल, साउन । बुटवल–८ सुख्खानगरमा रहेको एभरेष्ट इङ्गलिस माविका विद्यार्थीहरुको भलिवल प्रतिको रुचिलाई देखेर जापानमा बसोबास गर्दै आएका एक जना भलिवल प्रशिक्षकले १० वटा भलिवल विद्यालयलाई सहयोग गरेका छन् ।

पुर्व राष्ट्रिय भलिबल खेलाडी तथा पश्चिमाञ्चल भलिबल संघका भलिबल प्रशिक्षक समेत रहेका स्याङ्जा निवासी नविनकुमार गुरुङ्गले दशवटा भलिवल विद्यालयका प्राचार्य कृष्ण न्यौपानेलाई हस्तान्तरण गर्नु भएको होे ।

भलिवल हस्तान्तरण कार्यक्रममा एभरेष्टका भलिबल खेलाडीहरु निरन्तर पश्चिमाञ्चलको भलिबल टिममा समावेश भई उत्कृष्ट नतिजा निकाल्न सफल रहेको र भविष्यमा समेत अझै राम्रो नतिजा निकाल्ने उत्साह थापियोस भनेर विद्यालयलाई १० थान भलिबल उपहार दिएको प्रशिक्षक गुरुङ्गले बताउनुभयो ।

एभरेष्टका प्राचार्य न्यौपानेको आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका बरिष्ठ सहायक प्राचार्य माधवप्रसाद आचार्य, सहायक प्राचार्य भिमसेन गौतम, भलिवल प्रशिक्षक अर्जुन घिमिरे लगायतले बोल्दै विद्यार्थीहरुलाई खेलप्रतिको उत्साहलाई बढाउनका खेलकुद सामग्री प्रदान गर्नु उदाहरणीय कार्य भएको बताउदै निरन्तर सहयोगको आवश्यकता औल्याउनुभयो ।

यसैबीच सोही कार्यक्रमको अवसर पारि पश्चिमाञ्चल भलिबल संघका संस्थापक अध्यक्ष तमू धि जापानका अध्यक्ष श्रीभक्त गुरुङ्गले विद्यालयका छात्रा भलिबल खेलाडीलाई १२ जोर मिकासा नि–क्याप उपहार प्रदान गर्नु भएको थियो ।