मोर्चाकोआन्दोलनलाई सशक्त बनाइने

मोर्चाकोआन्दोलनलाई सशक्त बनाइने

Madhesi-Morchaजनकपुरधाम, १५ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको जनकपुरमा सम्पन्न बैठकले आन्दोलनसम्बन्धी सम्पूर्ण कार्यक्रम अझ बढी सशक्त रुपमा अगाडि बढाउने निर्णय गरेको छ ।

मोर्चाद्वारा जारी विज्ञप्तिमा आमहडताल, राजमार्ग र नाका अवरोध, उद्योग र कलकारखानालगायत सरकारी कार्यालय तथा वित्तीय संस्था बन्द अझ बढी सशक्त बनाइने उल्लेख छ ।

बैठकले वार्तालाई परिणाममुखी बनाउन सरकार संवेदनशील हुनुपर्नेमा जोड दिँदै वार्ताको नाटक रच्ने कार्य बन्द गरिनुपर्नेमा पनि जोड दिएको छ ।

मुद्दाको सम्बोधन नभएसम्म आन्दोलन यथावत् जारी नै रहनेसमेत बैठकले निर्णय गरेको छ । रासस

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •