बुटवल साउन । नेपालमा सहकारीको विकास र विस्तार अहिले पनि निकै महत्वपुर्ण रहेको शनिबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्तहरुले बताएका छन् । उनिहरुले समाजका हरेक वर्ग समुदायका मानिसहरुलाई एक आपसमा जोड्दै आर्थिक सम्बृद्धिको वाटोमा अघि बढाउने माध्यम सहकारी भएको उनिहरुको भनाई रहेको छ ।
नेपाल कोअपरेटर्स एलायन्स रुपन्देहीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका पुर्व सभापती रामचन्द्र ढकालले आर्थिक गतिशिलता बढाउनका लागि सहकारी निकै शशक्त माध्यम भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख नेत्र घिमिरेले सहकारी वचत र क्रण प्रवाह गर्ने माध्यम मात्र नभई सहकारी समाजिक रुपान्तरणको पनि अभियान भएको बताउनु भयो ।नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल कोअपरेटर्स एलायन्स रुपन्देहीका जिल्ला अध्यक्ष रामकृष्ण खांणले दिनदुखी र गरिविको रेखा मुनि रहेका नागरिकहरुललाई आत्मनिभर र आथिृक सम्बृद्धिको ढोका खोलने काम सहकारीको माध्यमबाट हसन सक्ने बताउनु भयो ।कार्यक्रममा समाजसेवी तथा भर्खरै सेवा निवृत जिल्ला शिक्षा अधिकारी टेक वहादुर थापाले सहकारीमा केहि व्यक्तीहरुको मात्र पहुच पुगेकोले यसललाई अझै वढि विस्तार गर्न आवश्यक रहेको बताउनु भयो ।सो अवसरमा एलायन्सका केन्द्रिय सदस्य चिरञ्जीव जोशीले देशैभरी नेपाली कांग्रेसल एलायन्सका माध्यमबाट सहकारी विस्तार र विकास का लागि कार्यक्रमहरु संचालन गरेको बताउनु भयो ।
जिल्ला अध्यक्ष रामकृष्ण खांणको अध्यक्षतामा भएको कार्यक्रममा युवराज गिरि,कुल प्रसाद लामिछाने, बचत सहकारी सघका बसन्त ढकाल, डोलराज आर्याल, फर्सुराम ढकाल लगायतले बोल्नु भएको थियो । सो अवसरमा आयोजित भेलाबाट लोकतान्त्रीक सहकारी कर्मचारी कर्मचारी संघ रुपन्देही गठन गरिएको छ । जसको अध्यक्षमा खेम प्रसाद शर्मा, उपाध्यक्षमा जितेन्द्र यादव,महिला उपाध्यक्षमा बालकुमारी कार्की,सचिवमा लक्ष्मण रेग्मी,सहसचिवमा दिनेश घिमिरे,कोषाध्यक्षमा तारा प्रसाद घिमिरे रहनु भएको छ । सदस्यहरुमा रीता चौधरी, दिपनारायण तिवारी, वलराम पाण्डे, मञ्जु पौडेल,मायाजोशी, नारायणदत्त गैरै,ईश्वरी आर्याल,लक्ष्मी कोईराला,मोहन ज्ञवाली,शिवा भण्डारी लगायत रहनु भएको छ ।
