बुटवल, ७ साउन । रुपन्देही जिल्ला फूटवल संघको आयोजनामा सोमवार देखि बुटवलमा कोकाकोला कप अन्तर विद्यालय छात्र÷छात्रा फूटवल प्रतियोगिता शुरु हुने भएको छ ।
प्रतियोगितामा ५२ टिम छात्र र ४ टिम छात्रा गरि ५६ वटा टिमले भाग लिने शनिवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक भुपेन्द्रबहादुर थापा क्षेत्री (हरि)ले जानकारी गराउनु भयो ।
साउन ९ गते देखि २३ गते सम्म संचालन हुने प्रतियोगिताको छात्र तर्फको विजेताले शिल्ड र नगद ३० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् ।
त्यस्तै छात्रा तर्फ विजेताले शिल्ड र नगद १० हजार र उपविजेताले नगद ५ हजार पुरस्कार पाउने छन् । छात्र तर्फ सेमिफाईनलमा पुग्ने २ उप विजेताले जनही ५ पाँच हजार पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा छात्र तर्फका विजेता र उपविजेता दुवै टिम र छात्रा तर्फको विजेता टिमले क्षेत्रीय प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउने छन् ।