सोमानी मार्वलको ग्राहक काउन्सिलिङ् योजना

1.3K

सोमानी मार्वलको ग्राहक काउन्सिलिङ् योजना

बुटवल । भारतको सोमानी सेरामिक्स लिमिटेडले उत्पादन गरेको सोमानी ब्राण्डको मार्वलका बारेमा उपभोक्तालाई सहि सूचना दिनकालागि कम्पनीले ईण्डिभिजुअल हाउजिङ् विल्डर्स कार्यक्रम सञ्चालन गरेको छ ।
विगत चालिस वर्षदेखि भारतमा मार्वल उत्पादन गर्दै आएको कम्पनीको उक्त ब्राण्ड नेपालमा करिव १५ वर्षदेखि विक्री वितरण हुंदै आएको र सबैको रोजाईमा परेपनि सहि रुपमा प्रयोग गर्न नजान्दा ग्राहकले गरेको लगानी खेर गईरहेको कम्पनीका नेपाल प्रमुख प्रदिपकुमार झाले बताउनु भयो । यहि कुरा उपभोक्तालाई बुझाउनकालागि कम्पनीले ईण्डिभिजुअल हाउजिङ् विल्डर्स कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनु भयो ।
सोमानी सेरामिक्स लिमिटेडले उत्पादन गरेको सोमानी ब्राण्डका टायलमा कम्पनीले २५ वर्षको ग्यारेन्टी दिएको छ । तर प्रयोग गर्न नजान्दा उक्त अवधीसम्म नटिकेको पाईएकाले उपभोक्तालाई बुझाउनकालागि कार्यक्रम गर्नुपरेको उहाँले बताउनु भयो ।
उक्त कम्पनीको नेपालमा ३२ स्थानमा डिलर छन् । पश्चिमाञ्चल क्षेत्रको अधिकृत विक्रेता बुटवल चौराहा स्थित एबिसी मार्वलका सञ्चालक बाबुराम आचार्यले कम्पनीले यो कार्यक्रम सञ्चालन गरेपछि उपभोक्ता लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । यो कार्यक्रमकै अवसरमा उपभोक्तालाई तीन दिन छुट दिएर मार्वल बिक्रि वितरणको व्यबस्था मिलाईएको उहाँले जानकारी गराउनु भयो । एबिसी मार्वलका सञ्चालक दीप आचार्यका अनुसार कम्पनीले कोठा, वाल, छत, किचन, सिलिङ्, बाहिरी कम्पाउण्ड, बाथरुम जस्ता ठाउंका लागि छुट्टा छुट्टै मार्वल ल्याएको र बिक्रि वितरण हुँदै आएको बताउनु भयो । उहाँले उपभोक्ताले सहि रुपमा प्रयोग गरेमा दीगो पनि हुने र लगानी पनि कम हुने भएकाले कम्पनीको सुझाव सल्लाह अनुसार प्रयोग गर्न उपभोक्तालाई आग्रह गर्नुभयो । ईण्डिभिजुअल हाउजिङ् विल्डर्स (कस्टमर काउन्सिलिङ्) कार्यक्रममा घर निर्माण गर्दै गरेका ग्राहकहरुलाई मार्वलका विभिन्न ब्राण्ड र प्रयोग गर्ने विधिका विषयमा जानकारी गराईने छ ।