एक्जिम कोड लिँदा बैंक ग्यारेन्टीको व्यबस्था खारेज गर्न माग

1.3K

एक्जिम कोड लिँदा बैंक ग्यारेन्टीको व्यबस्था खारेज गर्न माग

बुटवल, १० साउन । मालसामान आयात निर्यातका लागि सरकारले हालै सञ्चालनमा ल्याएको एक्जिम कोड लिँदा बैंक ग्यारेन्टी गराउनु पर्ने व्यबस्था खारेज गर्न व्यबसायीहरुले माग गरेका छन् ।

मंगलबार बुटवल उद्योग बाणिज्य संघले बुटवलमा गरेको भारतको जिएसटी र नेपालको एक्जिम कोड सम्बन्धि अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका व्यबसायीले एक्जिम कोड राम्रो व्यबस्था भएपनि बैंक ग्यारिन्टीको कुनै औचित्य नभएको बताएका हुन् ।

२०६० सालदेखि भन्सार सुधारको प्रयास गर्दै आएको नेपाल सरकारले चालु आर्थिक वर्षको सुरुदेखि नै ४ वर्षे भन्सार सुधार तथा आधुनिकिकरण कार्यक्रम अन्तरगत एक्जिम कोड लिनुपर्ने व्यबस्था गरेको हो । भन्सार ऐनमा भएको व्यबस्था अनुसार यस अंगाडी सम्म तेस्रो मुलुकबाट मालसामान आयात तथा निर्यात गर्दा फर्म दर्ता प्रमाणपत्र, पान दर्ता प्रमाणपत्र र कर चुक्ताको प्रमाणपत्र आवश्यक पथ्र्यो भने एक्जिम कोट लागु भएपछि अव त्यसमा बैंकमा खाता भएको प्रमाणित सर्टिर्फिकट र तीन लाख रुपैंयाको बैंक ग्यारेन्टी अनिवार्य हुनु पर्ने व्यबस्था गरेको छ ।

कार्यक्रममा बोल्दै भैरहवा भन्सार कार्यालय वेलहियाका प्रमुख भुपालराज शाक्यले एक्जिम कोडले बैधानिक रुपमा गरिने व्यापारलाई प्रोत्साहन गर्ने र अवैधानिक रुपमा व्यापार गर्नेहरुलाई निर्मलिकरण गर्ने बताउनु भयो । उहाँले पैठारी कर्ताहरुलाई नियन्त्रित गर्नकालागि बैंक ग्यारेन्टिको व्यबस्था भएको र व्यबसायीहरुको सुझाव सल्लाहलाई नीतिगत सुधारकालागि केन्द्रमा पठाउने बताउनु भयो ।

सरकारले भन्सार सुधारकालागि ४ वर्षे कार्यक्रम ल्याएपछि गत असार २३ गतेदेखि एक्जिम कोड वितरण गर्न सुरु गरेको र हालसम्म ३५० जनालाई एक्जिम कोड प्रदान गरिएको भन्सार कार्यालय वेलहियाका अधिकृत तथा सूचना अधिकारी गोपालप्रसाद भट्टराईले जानकारी दिनुभयो । नगरपालिकामा दर्ता भएका फर्मले भने एक्जिम कोर्ड पाउँदैनन् । उहाँले एक्जिम कोर्ड महत्वाकांक्षि योजना भएकाले सिस्टम नबस्दासम्म समस्या भएपनि सिस्टम बसेपछि सहज हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै आयातमा ५० हजार र निकासीमा ५ लाख सम्मको कारोवार गर्नेहरुले भने एक्जिम कोड दिनुपर्दैन । उहाँले भन्नुभयो । एक्जिम कोड लिनकालागि कुनै शुल्क लाग्दैन ।

भारत सरकारले सञ्चालन गरेको जिएसटी बिलिङ् सिस्टमबाट आएको सामानमा सोही अनुसारको भन्सार शुल्क लाग्ने भएपछि भने व्यापारीहरुलाई केही चिसो पसेको छ । भारतमा गरिद गरेको सामानको मुल्याङ्कन निर्धारण गर्न त्यसले सघाउ पु¥याउने अधिकृत भट्टराईले बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा सहभागि व्यापारीहरुले घुमाउरो तरिकाले त्यसको विरोध गरेका थिए ।

सरकारले धन्सार सुधार तथा आधुनिकिकरण कार्यक्रममा कमर्सियल फ्रड अनुसन्धान पनि गरिने अधिकृत भट्टराई बताउनु हुन्छ । कमर्सियल फ्रड गर्नु आर्थिक अपराध पनि भएकाले त्यसको सुक्ष्म अनुसन्धान गरिने र त्यस्ता व्यक्तिलाई कारवाही हुने उहाँले बताउनु भयो ।

भन्सार कार्यालयले गरेको निर्णय स्वीकार्य नभएको खण्डमा पुनरावलोकन गर्ने र त्यसको समेत निर्णय चित्त नबुझे भन्सार न्यायधिकरण सम्मको व्यबस्था छ । त्यस्तै व्यापारीले घोषणा गरेको बस्तुको मुल्य चित्त नबुझेमा ५ प्रतिशन नाफा दिएर भन्सार कार्यालय आफै खरिद गर्ने कानुनमा व्यबस्था भएको उहाँले जानकारी गराउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले भारतमा जिएसटी र नेपालमा एक्जिम कोड लागु भएपछि भन्सार कार्यालयमा रहने सन्दर्भ पुस्तिका खारेज गर्न माग गर्दै भारतको जिएसटीले नेपाली व्यापारीलाई ठूलो समस्या पर्ने बताउनु भयो । उहाँले व्यबसायीले उठान गरेका समस्या समाधानकालागि नीतिगत सुधार गर्नुपर्ने भन्दै त्यसकालागि भन्सार कार्यालयलाई पहल गर्न आग्रह गर्नुभयो ।

त्यस्तै अर्का उद्योगी बुटवल उद्योग बाणिज्य संघका परामर्शदाता रतनलाल अग्रवालले एक्जिम कोड लिँदा तीन लाख रुपैंया बैंक ग्यारेन्टी गर्नुपर्ने व्यबस्था खारेज गर्न माग गर्नुभयो । संघका अध्यक्ष महेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव हरिप्रसाद अर्यालले गर्नुभएको थियो ।