काँग्रेस आत्मसमिक्षा गरेर अगाडी बढ्नुपर्छ: संग्रौला

364

काँग्रेस आत्मसमिक्षा गरेर अगाडी बढ्नुपर्छ: संग्रौला

बुटवल,साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाल महिला संघकी पुर्व अध्यक्ष डा.डिला संग्रौलाले नेपाली काँग्रेस नेतृत्वले स्थानीय तह निर्वाचन परिणामको बारेमा आत्मसमिक्षा गरेर अगाडी बढ्नुपर्ने बताउनु भएको छ ।

संसदको सबैभन्दा ठुलो दल नेपाली काँग्रेस स्थानीय तहको निर्वाचनमा दोस्रो दलको रुपमा आउनुमा पार्टी भित्रकै आन्तरिक कमिकमजोरी प्रमुख कारण रहेको बताउंदै उहांले पार्टी नेतृत्वले अब आत्मसमिक्षा गरेर बिगतका कमिकमजोरीहरुलाई सच्याउंदै अगाडी बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।

रिपोर्टर्स क्लव नेपाल रुपन्देहीद्धारा बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै महिला नेत्रि संग्रौलाले स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता नपाउनुको कारण बारे समिक्षा गर्न आफुहरु देश दौडाहमा निस्किएको उल्लेख गर्नुभयो ।
स्थानीय तह निर्वाचनमा कतिपय जित्ने ठाउँहरुमा पनि हार व्यहोर्नुपरेको र कतिपय दिग्गज नेतृत्वले समेत पराजय व्यहोर्नुमा नेपाली काँग्रेसले आफ्ना एजेण्डा जनतालाई बुझाउन नसक्नु र टिकट बितरणमा ढिलाई हुनु जस्ता कारण पनि रहेको उहांले बताउनु भयो । अहिले सम्म सम्पन्न भएको स्थानीय तहको निर्वाचन परिणामले काँग्रेसलाई दोस्रो स्थानमा राखे पनि मुलुक काँग्रेसकै एजेण्डाबाट चलिरहेको उहांको दाबी थियो ।

क्रान्ति, शान्ति र संबिधानको नेतृत्व काँग्रेसले नै गरेको दाबी गर्दै उहांले बिगतमा भएका कमिकमजोरीहरुलाई सच्याउदै प्रदेश नं २ को निर्वाचन र प्रदेश तथा केन्द्रिय संसद निर्वाचनलाई लक्षित गरि पार्टी एक ढिक्का भएर अगाडी बढ्नुपर्ने आवस्यकता औल्याउनु भयो ।
नेतृत्व कार्यकर्तामुखी र कार्यकर्ता जनतामुखी हुनुपर्ने कुरामा जोड दिदै महिला नेत्रि संग्रौलाले काँग्रेसले अब आफुलाई पुनर्ताजगि गर्दै प्रदेशको निर्वाचनमा पार्टीलाई बिजयी बनाउने अभियानमा जुट्नुपर्ने आवश्यकता औल्याउनु भयो ।

पहिलो,दोस्रो हुदै तेस्रो चरणको निर्वाचन सम्म आईपुग्दा मधेसवादी दलहरुपनि स्थानीय तहको निर्वाचनमा सहभागि हुने वातावरण बन्दै गएको भन्दै उहांले मधेसवादी दलहरुलाई समेत सहभागि गराउनकै लागि २ नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन गर्ने तय भएको बताउनु भयो ।

अहिले मधेसी राष्ट्रवाद र पहाडे राष्ट्रवादका नाउमा अतिवादी सोच हाबी भएको उल्लेख गर्दै उहांले हिमाल, पहाड, तराई सहितको नेपाली राष्ट्रवाद नै कँंग्रेसको मुख्य एजेण्डा भएको बताउनु भयो ।

प्रमुख पदमा कमै महिलाले टिकट पाए पनि स्थानीय तह निर्वाचनमा भएको महिलाहरुको ४० प्रतिसत सहभागिताले महिलाहरुमा राजनीतिक जागरण ल्याएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल महिला संघ पुर्व केन्द्रिय सदस्यद्धय उर्मिला थापा र निर्मला क्षेत्रीले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको अनपेक्षित परिणाम आउनुको कारणबारे समिक्षा गर्ने क्रममा आफुहरु जिल्ला भ्रमणमा निस्किएको बताउदै गुटबन्दिको अन्त्य र कार्यकर्ताहरुको मनोभावना बुझ्नुनै भ्रमणको मुख्य उदेश्य रहेको बताउनु भयो । कार्यक्रम क्लवका अध्यक्ष प्रकाश खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।