निलकण्ठ बाबाधाममा बृक्षारोपण

876

निलकण्ठ बाबाधाममा बृक्षारोपण

बुटवल, १७ साउन । लायन्स क्लव अफ बुटवल मणिमुकुन्दले निलकण्ठ बाबाधाम बुटवल ७ मा बृक्षारोपण गरेको छ । लयन्स डिष्ट्रिक ३ सय २५ बिटुका गभर्नर मधुसुधन शर्मा रिजाल र प्रथम डिष्ट्रिक गभर्नर सुनिल ओझाले आँपको बिरुवा रोपेर बृक्षरोपण कार्यक्रमको सुभारम्भ गर्नुभयो ।

गभर्नर रिजालले मानव जीवनमा नभई नहुने अक्सिजनको एक मात्र स्रोत रुख भएकाले बृक्षरोपण गर्नु अति आवश्यक रहेको बताउनुभयो । “रुख रोपौं पृथ्वी जोगाउं” भन्ने नाराका साथ डिष्ट्रिकले यस बर्ष बृक्षरोपणलाई प्राथमिकता दिएको रिजालले बताउनुभयो ।

बृक्षरोपण गर्नु भन्दा पनि हुर्काउनु महत्वपुर्ण भएकाले क्लवले बिरुवा संरक्षणमा ध्यान दिनुपर्ने डिष्ट्रिक चिफ एडभाईजर डिएन अग्रवालले बताउनुभयो । डिष्ट्रिक बृक्षारोपण कार्यक्रमका संयोजक डिवि खत्रीले एक लायन्स एक बिरुवा रोप्न सके पनि वातावरण प्रतिको जिम्मेवारी पुरा हुने भन्दै सबै लायन्स क्लवलाई बृक्षरोपणमा जुट्न आग्रह गनुभयो ।

निलकण्ठ बाबा धामका उपाध्यक्ष चुणमणी पौडेलले धाममा हरियाली प्रवद्र्धनमा गर्ने कार्य गरेको भन्दै धामको भौतिक बिकासमा पनि सहयोग गर्न आग्रह गर्नुभयो । धाममा २५ फलफुलका बिरुवा रोपिएको कार्यक्रमका संयोजक माधव नेपालले जानकारी दिनुभयो । आँप, लिची, अनार, लगायतका बिरुवा रोपिएको छ । क्लवका अध्यक्ष काजिमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव नारायण नेपालले संचालन गर्नुभएको थियो ।