बाढी प्रभावितलाई काँग्रेसको राहत

1.3K

बाढी प्रभावितलाई काँग्रेसको राहत

बुटवल, भदौ । नेपाली काँग्रेस बुटवल वडा नम्वर २ ले बाढी प्रभाबितलाई राहत सामग्री प्रदान गरेको छ । बुटवल २ मा रहेको मनकामना टोल नं. १, २ र ३ का १७ घर परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको हो ।

नेपाली काँग्रेस वडा नं. २ की सभापति धना लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेले राहत सामग्री प्रदान गर्दै कसैलाई पनि प्राकृतिक बिपत्तिको सामना गर्न नपरोस् भन्दै बाढी प्रभाबितलाई आफूले सक्दो सहयोग जुटाइदिने बताउनु भयो ।

उहाँले राज्यले बाढी प्रभाबितको तथ्यांक संकलन गरेर समुचित ढंगले राहत बितरण गर्नुपर्ने समेत बताउनु भयो । कार्यक्रममा बोल्दै वडा सचिब महेश पोखरेलले आफुहरुले चिया खर्च बचाएर पैसा संकलन गरि वडा नम्वर २ का १७ घर परिवारलाई ब्लाङ्केट, बेडसिट, सिरानी, तथा म्याट लगायत ३१ हजार रुपैंया बराबरको राहत सामाग्री हस्तान्तरण गरेको बताउनु भयो । सो टोलमा साउन २७ गते बेलुका वर्षासंगै आएको बाढी पसेर १७ घरमा क्षति पु¥याएको थियो ।