बुटवल, भदौ । रोट्रयाक्ट क्लव अफ बुटवल डाउनटानले कुष्ठरोग प्रभावित कल्याण समिति बुटवल १३ मा तिज बिशेष कार्यक्रम गरेको छ । क्लवले तिजको अवसर पारेर कुष्टरोग प्रभावितलाई दर खुवाएको हो ।
तिज नजिकीदै गर्दा प्रत्येक वर्ष गर्दै आएको कुष्ट रोग प्रभावितको सामुहिक आवासमा पुगि क्लवले दर खुवाएको कार्यक्रम संयोजक गीता घिमिरेले बताउनुभयो ।
समाजमा सबैले सम्मान जनक रुपमा बाच्न पाउनु पर्ने र रोग लाग्दैमा नराम्रो दृष्टिले हेर्ने परम्परा तोड्न पनि कुष्टरोग प्रभावितलाई दरखुवाउने कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष राजिव गौतमले बताउनुभयो ।
रोटरी क्लव अफ बुटवल डाउनटाउनका अध्यक्ष जिवन अधिकारीले समय सान्र्दभिक पर्वको अवसरमा क्लवले उत्कृष्ट कार्य गरेको बताउनुभयो । इनरह्लि क्लव अफ रुपन्देही अध्यक्ष इना उपाध्यायले रोट्रयाक्ट क्लवले सामाजिक क्षेत्रमा गरेको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।
समितिका अध्यक्ष चित्र गुरुङ्ले हरेक बर्ष क्ल्वले कुष्ठ प्रभावितलाई सम्झिएर दरखुवाउदै आएकोमा क्लवलाई धन्यवाद दिनुभयो । समाजमा अपहेलित भएका कुष्ट रोग प्रभावितलाई सबैको सहययोगको खाँचो रहेको उहाँले बताउनुभयो । कार्यक्रमको सञ्चालन क्लवका सचिव रामप्रसाद वेलवासेले गर्नुभएको थियो ।