बुटवल, ८ भदौ । नेपाल पशुपंक्षि औषधि व्यवसायी संघ, लुम्बिनी शाखाको सातौ अधिवशेन नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले शाखाको अध्यक्षमा लक्ष्मण घिमिरेलाई चयन गरेको छ । संघको बुटवलमा सम्पन्न अधिवेशनबाट घिमिरे निर्वाचित हुनु भएको हो ।
संघको पाचौ अधिवेशन अन्तरगत भएको निर्वाचनमा अध्यक्ष पदमा मात्र मतदान भएको थियो भने अन्य पदहरु निर्विरोध भएको थियो । निर्वाचित अध्यक्ष घिमिरेले प्रतिद्वन्द्वी गोपाल भण्डारीलाई पराजित गर्नु भएको हो । विजयी घिमिरेले १३४ र भण्डारीले ८७ मत प्राप्त गरेका थिए ।
यसैगरि उपाध्यक्ष खुल्लामा मोती पोखरेल, उपाध्यक्ष थोकमा रामप्रसाद भट्टराई, सचिवमा प्रकाश श्रेष्ठ, कोषाध्यक्षमा विष्णुप्रसाद भण्डारी निर्वाचित हुनु भएको छ । यसैगरि सदस्यहरुमा मदन गाहा, निरज पौडेल, शशीधर सापकोटा, ज्योती पौडेल, गणेश भुसाल रहनु भएको छ । महिला सदस्यमा जानुका गैर निर्वाचित हुनु भएको छ भने लेखा समिति संयोजकमा युवराज घिमिरे, सदस्यहरुमा बुद्धिवल न्यौपाने र अशोक थापा रहनु भएको छ ।
निर्वाचित अध्यक्षसहित पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन अधिकृत सुमन अधिकारी, नेपाल पशुपंक्षि औषधि व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष करुणा घिमिरे लगायतले प्रमाणपत्र वितरण गर्नु भएको थियो । यसअघि अधिवेशनको उद्घाटन केन्द्रीय उपाध्यक्ष घिमिरेले व्यवसायिक हितमा संघले अगाडी सारेका कार्यक्रममा सबै व्यवसायीहरु एकजुट भएर लाग्न आग्रह गर्नु भयो । उहाले व्यवसायलाई मर्यादित र जिम्मेवार बनाएर जान सक्यौ भने आर्थिक पक्ष पनि बलियो हुने धारणा राख्नु भएको थियो ।
संघका शाखा अध्यक्ष प्रेम बलालको अध्यक्षता, सचिव रामप्रसाद भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो अवसरमा हालै सम्पन्न स्थानिय निर्वाचनमा विजयी संघमा आवद्ध व्यवसायीहरुलाई सम्मान गरिएको थियो ।