अनौपचारिक बाल शिक्षा कार्यक्रमका बालबालिकालाई शैक्षिक सामाग्रि वितरण

1.3K

अनौपचारिक बाल शिक्षा कार्यक्रमका बालबालिकालाई शैक्षिक सामाग्रि वितरण

बुटवल, १३ भदौ । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले सञ्चालन गरेको अनौपचारिक वाल शिक्षा कार्यक्रमका बालबाललिकालाई शैक्षिक सामाग्रि तथा बिद्यालय पोशाक वितरण गरिएको छ ।
जापान अन्तर्राष्ट्रिय लेवर फाउण्डेशनको सहयोगमा बिभिन्न ९ जिल्लामा नेपाल ट्रेड युनियन काँग्रेसले अनौपचारिक क्षत्रमा काम गर्ने मजदुरका बालबच्चालाई लक्षित गरेर अनौपचारिक बालशिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
सन् १९९६ देखि रुपन्देहीमा सञ्चालित तीन वर्षे अनौपचारिक बालशिक्षा कार्यक्रममा ५० जना बालबालिकाले अनौपचारिक शिक्षा लिँदै आएका छन् । सुरुमा ९ महिने, पछि एक वर्षे हुँदै अहिले तीन बर्षे कार्यक्रम सञ्चालन गरिएको छ । उनीहरुलाई बिद्यालय पोशाक, झोला तथा शैक्षिक सामाग्रि वितरण गरिएको हो ।
मंगलबार बिहान बुटवलमा आयोजना गरिएको पोशाक तथा शैक्षिक सामाग्रि वितरण कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ४ का सभापति हरि लम्सालले बिपन्न मजदुरका बालबालिकालाई सञ्चालन गरिएको बालशिक्षा कार्यक्रमको स्रहाना गर्नुभयो । उहाँले आर्थिक रुपमा विपन्न मजदुरका छोराछारी शिक्षाबाट वञ्चित हुन नहुने र सरकारले गर्नुपर्ने काम ट्रेड युनियनले गरेको उल्लेख गर्दै कार्यक्रमलाई प्रभावकारी रुपमा दिगो बनाउन पनि आग्रह गर्नुभयो ।
त्यस्तै व्यबसायिक शिप बिकास तालिम केन्द्र बुटवलका प्रमुख बालकृष्ण पौडेलले अनौपचारिक रुपमा शिक्षा प्रदान गरिएका बालबालिकाको भविश्य सुनिश्चित गर्न भावि कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । उहाँले ती बालबालिकाको भविश्यकालागि अभिभावक स्वयम्ले पनि चिन्ता व्यक्त गर्न आग्रह गर्नुभयो ।
नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनीधि बालकुमारी भण्डारी, बुटवल नगर उपसभापति बिमलराज भट्टराई, ट्रेड युनियन काँग्रेस रुपन्देहीका पूर्व अध्यक्ष रेश्मीराज गैरे, नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघका केन्द्रीय अध्यक्ष जेवी गुरुङ्, व्यूटिसियन संघकी केन्द्रीय उपाध्यक्ष शान्ता शर्मा, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देही युवा समिति अध्यक्ष तथा नेपाल प्रेस युनियन रुपन्देहीका सचिव कबिन्द्र नेपाल, ट्रेड युनियनका जिल्ला उपाध्यक्ष मुक्तिराम खरेल, बुटवल नगर संयोजक किशोर क्षेत्री लगायतले भनाई राखेका थिए ।