बुटवल, भदौ । अकाडेमिक स्कुल एसोसिएसन अफ नेपाल (आसन) द्वारा विभिन्न ५ बिधामा आसन स्तरिय प्रतियोगिता सम्पन्न गरेको छ ।
अनुशासन विषयक खुल्ला कबिता प्रतियोगितामा ड्रीम भिजन स्कुलकी शुष्मा खनाल प्रथम, ब्राइट स्कुलकी दिक्षा घिमिरे दोस्रो , दुर्गा शैक्षिक कि रक्षा भन्डारी एबम लिटल फ्लावर्स का बिमल पराजुली तृतिय र मदरल्यान्ड्किका शिक्षा भुसाल ले सान्त्वना स्थान हासिल गरेका छन् ।
यसै गरी खुल्ला चेस प्रतियोगितामा ड्रीम भिजन स्कुलका सिद्धान्त खनाल प्रथम र सिताकिङ्सका रबिन्द्र थारुले दोस्रो स्थान हासिल गरेका छन् ।
खुल्ला पिस एन्ड डेभ्लपमेन्ट बिशयक अङ्ग्रेजी निबन्ध अन्तर्गत मदरल्यान्डका मनोहर श्रेष्ठ प्रथम, लिटिल फ्लावर्स का रोहन भुसाल दोस्रो, ड्रीम भिजन का निराजन आचार्य तेस्रो र दुर्गा शैक्षिक गृहका बालकृष्ण यादबले सान्त्वना स्थान हासिल गरेका छन् ।
गणितीय दौडमा भने किम्बर्लि किन्डर गार्टेन कि भान मति यादब प्रथम ,मदर्ल्यान्ड स्कुलकि निपाङ्ग थापा दोस्रो र सिद्दी बिनायक सेकेन्डरी स्कुलको कपिल पौड्याल तेस्रो स्थान हासिल गर्ने सफल भएका छन् ।
त्यसै गरी प्राकृतिक सुन्दरता बिषयक चित्रकला प्रतियोगितामा दुर्गा शैक्षिक का आकाश रिजाल प्रथम किम्बर्लिका भबिस्वर बि. क. दोस्रो र सिद्दी बिनायकका रेशम चौधरिले तेस्रो स्थान हासिल गरका छन् ।
आसनका अध्यक्ष चुडामणी डुम्रेले सम्पुर्ण बिजेता प्रतियोगीहरुलाई बधाई दिदै ग्रामिण भेगमा रहेर पनि यस्ता खालका कार्यक्रम हरुले बिद्यार्थीहरुलाई शैक्षिक गुणस्तरको धावन मार्गमा दौडाएर अन्र्तरास्ट्रिय स्तरमा समेत स्वर्ण पदक दिलाउन सकिने र आगामी दिनमा यो भन्दा अझै रचनात्मक कार्य हरु गर्दै अगाडि बढ्दै लैजाने बताउनु भएको थियो ।
चुडामणी डुम्रेको अध्यक्षता, जिल्ला शिक्षा कार्यालय रुपन्देहीका स्कुल सुपरभाइजर चन्द्रकान्त शर्मा को प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतियोगितामा लिटल फ्लावर्स का प्रबन्ध निर्देशक पानकुमार फौदारको सम्योजकत्व र आसनका उपाध्यक्ष गङाराम दङोरियाले स्वागत मन्तब्य रहेको कार्यक्रम को सन्चालन सचिब मनोज अधिकारिले गर्नु भएको थियो ।
कार्यक्रममा चन्द्रकान्त शर्मा, संयोजक पानकुमार फौदार, हरिहर श्रेस्ठ , लिलाधर न्यौपाने र दिलकुमारी फौदार लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।