बुटवल, २१ भदौ । बुटवल यातायात व्यबसायी समितिको १३ औं साधारण तथा सातौं अधिवेशनबाट समितिको अध्यक्षमा रबिन्द्रमान श्रेष्ठ निर्वाचित हुनु भएको छ । समितिको बुधबार सम्पन्न साधारण सभा तथा अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालकालागि अध्यक्ष सहित सबै पदमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा अशोककुमार श्रेष्ठ, उपाध्यक्षमा रामबहादुर शाही, महासचिवमा गणेशबहादुर क्षेत्री, सचिवमा दिपकप्रसाद श्रेष्ठ, सहसचिवमा कबिन्द्रमान श्रेष्ठ, कोषाध्यक्षमा ज्ञानबहादुर सार्की र सहकोषाध्यक्षमा लालप्रसाद शर्मा निर्वाचित भएका छन् ।
तयस्तैगरी समितिको सदस्यहरुमा ४ नं. रुटबाट रशेम खड्का र छोटेलाल गुप्ता, खैरेनी वर्दघाट रुटबाट विष्णुबहादुर क्षेत्री, खैरेनी शंकरपुर रुटबाट बालकुमार यादव, हरैया रुटबाट राजकुमार लम्तरी, अमुवा रुटबाट मानबहादुर राईभाट, बुटवल वेलभरीया रुटबाट खुमबहादुर अधिकारी, गोरुसिंगे पत्थरकोट रुटबाट शिवप्रसाद पाण्डे र बुटवल कृष्णनगर रुटबाट रेशम ढकाल निर्वाचित भएको निर्वाचन अधिकृत खिमानन्द भट्टराईले जानकारी दिनुभयो ।
यस अंगाडी भएको साधारण सभाले थप १४ रुटमा सवारी सञ्चालन गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभामा समितिका महासचिव गणेशबहादुर क्षेत्रीले गर्नुभएको प्रस्तावलाई सर्वसहमतीले पारित गरेको हो ।
जस अन्तरगत बुटवल–नारायणगढ–काठमाण्डौ, सुनौली–बुटवल–नारायणगढ–पोखरा, वेनी बागलुङ्, सुनौली–बुटवल–स्याङ्जा पोखरा, वेनी बागलुङ्, सुनौली–मुक्तिनाथ रुटमा एसी बस सेवा सञ्चालन गर्ने प्रस्ताव पारित भएको हो । त्यस्तै कृष्णनगर–नारायणगढ, तौलिहवा–नारायणगढ, सुनौली–नारायणगढ, सुनौली–दाङ्, सुनौली–पाल्पा, सुनौली–गुल्मी, सुनौली–महेन्द्रनगर रुटमा बस सेवा सञ्चालन गरिने छ ।
त्यस्तै बुटवल–फर्साटिक, अमुवा, भैरहवा, सुनौली, चाननम्बर–हरैया, भैरहवा, सुनौली, कृष्णनगर–पाल्पा, तौलिहवा–पाल्पा, बुटवल–कोपुवा–कुस्मा र बुटवल–मेचकुरी रुटमा बस सेवा सञ्चालन गर्ने प्रस्ताव पारित भएको हो ।
जीप, विङ्गर र बस गरी २८४ वटा सवारी साधन सञ्चालन गरेको बुटवल यातायात समितिले यस अंगाडी बुटवल–बर्दघाट, बुटवल खैरेनी, ढेकार, शंकरपुर, बुटवल–४ नं. बनगाई, बुटवल–चन्द्रौटा, कृष्णनगर, न्याउलीगञ्ज, सुन्दरीडाँडा, बुटवल–४ नं. सिमलपानी, भेडामारे, करचुली, बुटवल–४नं., तौलिहवा, पकरी, चारकचौडा, बुटवल–खुर्साने, ढोरपाटन, चिवेक, सुनौली–बुटवल, पोखरा, बागलुङ्, बुटवल–फर्साटिकर, अमुवामा बस सेवा सञ्चालन गर्दै आएको छ ।
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समितिका अध्यक्ष डिलबहादुर थापाले ईमान्दारी पुर्वक मुलुकको नियम कानुनमा रहेर यात्रुलाई समयसापेक्ष रुपमा गुणस्तरीय सेवा दिनकालागि समिति सधै तत्पर रहेको बताउनु भयो । उहाँले आफूहरुले सञ्चालन गरेको सेवामा कसैले अवरोध र अन्याय गर्छ भने आगामी दिमा समेत ईटको जवाफ पत्थरले दिने अभियानमा एकजुट हुन व्यबसायीलाई आग्रह गर्नुभयो ।
साधारण सभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा समितिकी संरक्षक तथा संस्थापक अध्यक्ष सीता घिमिरेले यात्रुकै सेवाकालागि सत्यको पक्षमा लडेर समितिलाई यहाँ सम्म ल्याएको बताउनु भयो । उहाँले केही ठूला यातायात व्यबसायीले शक्ति र पैसाको भरमा साना व्यबसायिक संस्थालाई दुव्र्यबहार गरेपनि अन्ततः सत्यकै जित भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा समितिका प्रेस सल्लाहकार खिमानन्द भट्टराई, पत्रकार यमलाल भुसाल, व्यबसायी रामप्रसाद घिमिरे लगायतले भनाई राख्नुभएको थियो । साधारण सभामा समितिका वरिष्ठ उपाध्यक्ष तथा दुर्घटना तथा मालिक हित कोषका संयोजक रविन्द्रमान श्रेष्ठ र कोषाध्यक्ष रामबहादुर शाहीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा समितिले यातायात सेवा सञ्चालन गरेका विभिन्न रुटका सफल व्यबसायी तथा चालकलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव दिपक श्रेष्ठले गर्नुभएको थियो ।