भर्खरै ढीलो गरी उम्मदेवारहरुको चयन सकियो । जुलुससहित प्रदेश मनोनयन दर्ता गर्ने कार्यक्रम छ । विगत केही दिनयता घरदैलो कार्यक्रम त चलिरहेको थियो । अब मनोनयन दर्ता गरेपछि मधेसमा चुनावी माहौल तातिने स्थिति बनेको छ । आजबाट चुनाबी सरगर्मी बढ्छ ।
हाम्रो नेपाली कांग्रेसबाट ८ वटै जिल्लामा पार्टीका केन्द्रीय नेताहरु आउने कार्यक्रम छ ।
अहिले २ नम्बर प्रदेशमा कांग्रेसको राम्रै स्थिति छ । १३६ मध्ये राम्रै गरी सय सीट कटाउने गरी निर्वाचन अभियान प्रारम्भ गरिएको छ । कांग्रेसले वीरगञ्ज महानगरपालिका जित्ने लगभग निश्चित छ । बारा जिल्लाका दुईवटै उपमहानगरपालिका कांग्रेसले जित्ने सुनिश्चित छ । त्यसैगरी जनकपुर उपमहानगरपालिकामा कांग्रेसको जित करिब-करिब सुनिश्चित छ ।
मधेसमा पहिलो नेपाली कांग्रेस हुने निश्चित छ । जहाँसम्म दोस्रो कुन पार्टी होला भन्ने प्रश्न छ, दोस्रोमा राजपा अथवा एमाले आउन सक्छ । दोस्रोमा माओवादी आउँदैन । कन्र्फम आउँदैन । दोस्रोका लागि प्रतिस्पर्धा एमाले र राजपाका वीचमा हुन्छ । माओवादी चौथोमा पुग्छ । मैले सप्तरीदेखि यतापटि्ट ८ वटै जिल्लाको स्थिति आँकलन गरिरहेको छु । यो आधारमा भन्नुपर्दा माओवादी दोस्रोमा आउँदैन ।
नेपाली कांग्रेस मधेसमा त पहिलो हुने सुनिश्चित नै छ । तर, समग्र देशभरिको नतिजामा पनि एमालेलाई जितेर पहिलो हुने गरी १३६ स्थानीय तहमा हाम्रो तयारी छ ।
जहाँसम्म कांग्रेसभित्र उम्मेदवारको विवाद भन्ने चर्चा छ, प्रतिस्पर्धामा त विभिन्न मान्छेहरु हुनु स्वाभाविकै हो, तर पाटर्स्ीले नै निर्णय गरिसकेपछि कसैमा खासै असन्तुष्टि केही पनि छैन । कांग्रेसको विवाद भनेको टिकट वितरण गर्नुभन्दा अघिसम्मको विवाद हो, आज मनोनयन दर्तासम्म आइपुग्दा त्यो विवाद सकिन्छ ।
जहाँसम्म राजमार्ग क्षेत्रमा एमालेको प्रभाव छ भन्ने गरिएको छ, विगतमा जुन जनमत देखिएको छ, त्यसमा एमालेको बाहुल्य भएकै हो । तर, अहिले विगतको एमालेको प्रभाव कमजोर हुँदै गइरहेको अवस्था देखिएको छ ।
तालमेलको कुरा चले पनि अपेक्षाकृत रुपमा तालमेल हुन सकेको छैन । आफैंले जित्ने मानसिकता देखिएको हुनाले तालमेल पनि त्यति सफल हुन सकेन । जस्तो- बाराका दुई उपमहानगरपालिकामा पनि तालमेल कसैसँग भएन । कलैया उपमहानगरपालिकामा पनि भएन । जितपुर सिमरा उपमहानगरपालिकामा पनि भएन ।
माओवादीसँग तालमेल हुन नसक्नुको कारण उनीहरु नै हुन् । माओवादीले आफ्नो उपस्थिति नभएको ठाउँमा पनि हामीले पाउनुपर्छ भन्ने माग राखे । जस्तै बारा जिल्लाकै सन्दर्भमा उहाँहरुको शुन्य उपस्थिति भएका ठाउँमा पनि माओवादीले आफूले पाउनुपर्ने अव्यवहारिक माग अघि सारेका कारणले उनीहरुसँग कांग्रेसको तालमेल हुन सकेन ।
मधेस केन्दि्रत दलहरुको कुरा गर्दा संघीय समाजवादी फोरम भन्दा राजपाको स्थिति केही राम्रो होला जस्तो देखिन्छ । यहाँको चुनावमा खासमा कांग्रेस, एमाले, राजपा, त्यसपछि माओवादी र संघीय समाजवादी यिनै पाँचवटा दलवीच प्रतिस्पर्धा हुने देखिन्छ ।
जस्तै- जितपुर सिमरा उपमहानगरपालिकामा पनि माओवादीले कांग्रेसलाई मेयर दिन मानेन । माओवादीले एक्लै जित्छ भन्ने किसिमको उहाँहरुको कुरा आयो । आफ्नो उपस्थिति नै नभएका ठाउँमा पनि उहाँहरुले यस्तो डिमाण्ड राख्नुभयो । यही कारणले गर्दा सहमति हुन नसकेको हो ।
कांग्रेस र राजपाका वीचमा तालमेल हुने अहिलेसम्म त्यस्तो कुनै सम्भावना देखिएको छैन । यदाकदा दक्षिणी बेल्टतिर हुन सक्ने भए पनि राजपामा आफ्नै उम्मेदवारका आकांक्षीहरु बढी छन् । ५ वटा पार्टीहरु मिलेकाले उहाँहरुकै वीचमा उम्मेदवारहरुवीच तीव्र प्रतिस्पर्धा छ । यसरी उहाँहरुकै वीचमा किचलो देखिएका कारणले राजपासँग पनि कांग्रेसको तालमेल हुने सम्भावना न्यून छ ।अनलाइनखबरबाट