रसुवामा बस दुर्घटनामा मृतकको संख्या ३६ पुग्यो

रसुवामा बस दुर्घटनामा मृतकको संख्या ३६ पुग्यो

Rasuwa-Ramche-bus-Accidentकाठमाडौं,कार्तिक । रसुवामा मंगलबार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या 03112015055217rasuwa-600x0३६ पुगेको छ । मृतकमध्ये एक बालकसहित १८ पुरुष र १२ जना महिला छन् ।काठमाडौंबाट रसुवाको चिलिमेतर्फ जाँदै गरेको ना ३ ख ५७०६ नम्बरको यात्रुवाहक बस रसुवाको राम्चे गाविसमा १२ स् ४५ मा दुर्घटनाग्रस्त भएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन् । उनले बसमा ७० भन्दा बढी यात्रु रहेको जानकारी दिए ।बस सडकबाट डेढ सय मिटर तल खसेको थियो । घाइतेहरुलाई धुन्चे र त्रिशुली अस्पताल पुर्‍याइएको छ ।बसको छतमा पनि थुप्रै यात्रु रहेको बताइएको छ । अहिले पनि यात्रुहरुको उद्धार कार्य जारी छ ।

 

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •