मानिसले आत्म हत्या किन गर्छ ?

3.1K

मानिसले आत्म हत्या किन गर्छ ?


डा. बिक्रम काफ्ले/
विश्व आत्म हत्या रोकथाम दिवस २०१७ ‘जीवन परिवर्तन का लागी १ मिनट’ भन्ने नारा का साथ अन्र्तराष्ट्रिय आत्महत्या रोकथाम संगठन ले यस बर्ष पनि विश्व भरी नै बिभिन्न कार्यक्रम का साथ आत्महत्या रोकथाम दिवस मनाउदै छ ।

 यो हरेक बर्ष सेप्टेम्बर १० मा मनाइन्छ । हरेक बर्ष आठ लाख भन्दा बढ़ी मानिसहरु आत्मा हत्या को कारण ले मर्ने गर्छन् । आत्मा हत्याको प्रयास गर्ने को सख्या अज धेरै छ । नेपाल को तथ्याङ्क हेर्ने हो भने बर्षेनि ६ हजार आठ सय चालिस मानिसहरु ले आत्मा हत्या गर्दछन् । यसमा पनि १५ बर्ष देखि ३० बर्ष उमेर समुहका पर्दछन । नेपाल मा हाल १५ देखि ४९ उमेर का महिला हरु मा प्रमुख मृत्युको कारण आत्मा हत्या हो र यो पछिल्लो समय मा नेपाली महिलाहरु मा हुने मृत्युको प्रमुख कारण प्रसूति सम्बन्धी समस्यालाई पनि यसले उछिनेको छ ।

आत्महत्या प्रयास गर्ने मानिस हरु को आफ्नै बिभिन्न कारण हरु हुन्छ । कतिपय मानिसहरु मानसिक समस्या बाट गुज्रीरहेका हुन्छन् । उदासीनता(डिप्रेशन ) एउटा प्रमुख कारण हा । त्यस्तै अन्य कारण हरुमा रक्सी तथा लागु औषध को प्रयोग , कडा किसिम को मानसिक रोग (स्चिजÞोफ्रेनिया, बाइपोलर डिसअ‘ार्डर ), चिन्ता(एंग्जायटी), र बानि व्यहोरा (पर्सनालिटी डिसअ‘ार्डर) को समस्या हो । यस्ता समस्यामा मानिसहरु आफ्ना जीवनमा आइपर्ने सानातिना समस्या संग लड़्न नसक्ने र भविष्य अन्धकार देख्ने हुदा आत्म हत्या को बाटो रोज्ने गर्छन् ।

हाम्रो समाजमा मानसिक रोग लागेका मानिस प्रति नकारात्मक सोच हुने हुनाले मानिसहरु यस बारे कुरा गर्न खोज्दैनन् । यो रोग लागी सकेपछि पनि यसको उपचार गर्न जाँदैनन् । त्यसैले पनि आत्मा हत्या गर्ने मानिसको संख्या बढ्दो छ । आत्मा हत्याको बाटो रोज्न पुग्ने हरु प्राय मर्न नचाएको र कोही आएर उनिहरुलाई रोकिदिए हुन्थ्यो भन्ने महसुस गर्छन् , कोही आएर उनिहरु लाई आफु ठिक भए नभएको सोधिदिए, आफ्नो कुरा हरु सबै बताउने व्याख्या गर्छन तर त्यस्तो नहुने उनिहरु बताउछन । यस बर्षको नारा “जीवन परिवर्तन का लागी १ मिनट” यसर्थ सन्दर्भिक छ । हामीले आफुलाई लागेका त्यस्ता कोही चिने वा नचिने का छन भने उनिहरु सांग १ मिनटकुरा गर्न सक्यौ भने उनिहरु को जीवन परिवर्तन हुन सक्छ ।

मानिस हरु कतिपय समयमा आफुहरुले उनिहरु सांग कुरा गर्नुपर्छ भन्ने जान्दा जान्दै पनि केही गर्न सक्दैनन । यसका केही कारणहरु मध्ये व्याप्त भ्रम (आत्महत्या बारे कुरा गर्दा यसले झन उनिहरुको मनमा आत्म हत्या गर्न प्रोत्साहन गर्छ भन्ने छ । तर यस बारे कुरा गर्दा उनिहरुमा भएको आत्म हत्याको सोचाई संग सम्बन्धित तनाब घटाउन मद्दत गर्छ, त्यों व्यक्तिलाई उसको भावना हरु बुझिदिएको जस्तो महसुस हुन्छ । आफ्नो समस्या को बारेमा छलफल गर्नका लागी इच्छुक हुन्छ । सही ठाउँमा गई उपचार गर्न मद्दत पुग्दछ ।

अर्को भ्रम( जसले आत्मा हत्या गर्छ उसले कुनै संकेत नै दिदैन । तर यस्तो नभई बिभिन्न संकेत हरु दिएको हुन्छ । जस्तो सधैको लागी सुति रहन मन लाग्छ भन्नु , कसैले मलाई मद्दत गर्न सक्दैन, मेरो सबै समस्या हरु छिट्टै समाधान हुदैछन , बाँच्ने इच्छा नभएको व्यक्त गर्नु । आफ्ना बहुमूल्य सर सामान हरु बाडिदिनु ।
आत्म हत्याको कारणहरु
मानसिक समस्या बाट ग्रसित ।
पछिल्लो समयमा साथिभाई वा घरका आफन्तबाट आत्मा हत्या भएको ।
गम्भीर तनाब प्रतिक्रिया र आशाबिहीन हुने ।
बिगतमा पनि आत्मा हत्याको प्रयास गरेको ( अत्याधिक औसधी सेवन गरेको, स्वयमलाई चोट पुराउने ।
गरिबी , बेराजगारी, एक्लै बस्ने , लागु औषध को सेवन , सम्बन्ध बिच्छेद आदि ।
रोकथामका उपायहरु
आत्म हत्या सतप्रतिसत रोकन सकिन्छ , यो एउटा मानसिक समस्या हो ।
आत्म हत्या हुन सकने संकेत हरु पचिन गरी उनिहरु संग कुरा गरौ ।
धेरै जसो आत्मा हत्या योजना बद्द हुने गर्छ ।
समाजले आत्म हत्या रोकथाममा ठुलो भूमिका खेल्छ , मानसिक रोग सम्बन्धी नकारात्मक सोचलाई परिवर्तन गरी , पीड़ित समूहलाई साहेयता प्रदान गर्दछ ।
(लेखक नशा तथा मानसिक रोग बिशेषज्ञ त्रि बि शिक्षण अस्पताल काठमाण्डौ, हाल लालिगुरांस नशा तथा मनारोग क्लिनिक, र देवदह मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ। )