वेलहिया नाकको अवरोध कायमै

817

वेलहिया नाकको अवरोध कायमै

birभैरहवा । सोमबार एकाएक बन्द भएको रुपन्देहीको वेलहिया नाकाबाट पर्यटक सवारी साधन पनि आउन सकेका छैनन् । भारतिय पक्षले सुरक्षाको कारण देखाउदै भारतिय सिमा सुरक्षा वल एसएसविले सिमा नाका वेलहिया बन्द गरेपछि पर्यटक सवार वस समेत आउन नसकेका हुन् ।

भारतिय सुरक्षाकर्मीले पर्यटकका गाडिलाई पनि नेपाल प्रबेशमा रोक लगाएको छ । जसका कारण बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटक पनि प्रभावित बनेका छन् । वेलहिया नाका हुदै आज बिहानै देखि मालबहाक तथा सवारी साधन नेपाल प्रबेशमा पुर्ण प्रतिबनध लगाएको छ ।

वेलहिया सहित नेपालसंग सिमा जोडिएको लुम्बिनी अञ्चलका तीन बटा जिल्लाका सिमानाकाबाट आज पनि आयात नियात सहित सवारी साधन पनि ठप्प रहेको लुम्बिनी अञ्चल प्रहरी कार्यालयले जनाएको छ ।

भारतिय पक्षले लुम्बिनी अञ्चलको रुपन्देही, कपिलबस्तु र नवलपरासी जिल्लाको भारतसंग सिमा जोडिएका वेलहिया, महेशपुर, मर्यादापुर र कृष्णनगर नाकाबाट कुनै पनि मालबहाक साधन आवत जावतमा रोक लगाएको प्रहरीले जनाएको छ । नाका बन्दका कारण नेपाल आउने लाईनमा रहेका सयौ सवारी साधन भारतिय भुमिमा नै अलपत्र परेका छन् ।

नाका सुचारु गर्ने बिषयमा भारतिय अधिकारीसंग रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले पटक पटक छलफल गरेपनि नाका खुल्ने गरी सहमति हुन नसकेको रुपन्देही प्रसाशनले जनाएको छ ।