बाबुराम निकट एमाओवादी नेताहरु पार्टिबाट अलग

1.3K

बाबुराम निकट एमाओवादी नेताहरु पार्टिबाट अलग

downloadकाठमाडौं,कार्तिक । एमाओवादी स्थायी कमिटी, पोलिट्ब्युरो, केन्द्रीय समिति र केन्द्रीय सल्लाहकार समितिमा आवद्ध ४५ सदस्यले पार्टी छाड्ने तयारी गरेका छन् । पेरिसडाँडास्थित मूख्यालयमा आज दिउँसो नेताहरु देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, रामकुमार शर्मा, कुमार पौडेल, रामरिझन यादव र घनश्याम यादवले अध्यक्ष पुष्पकमल दाहालको नाममा ४५ जनाको हस्ताक्षरसहितको चिठी बुझाए ।

ओवादी केन्द्रीय कार्यालयका प्रमुख सचिव हितराज पाण्डेमार्फत् चिठी बुझाउने सबै नेता बाबुराम भट्टराई निकट मानिन्छन् । नयाँ शक्ति निर्माणको बहस अघि बढाउँदै आएका भट्टराईले असोज ९ गते नै एमाओवादी परित्याग गरिसकेका छन् ।

सानेपास्थित भट्टराई निवासमा हिजो बिहान ११ बजेदेखि साँझ सात बजेसम्म बसेको ती ४५ नेताहरुको आकस्मिक बैठकले नयाँ पार्टी निर्माणका लागि एमाओवादी परित्याग गर्ने निर्णय गरेको थियो । डेढ महिनाभित्र नयाँ राजनीतिक दलको घोषणा भइसक्ने उच्च स्रोतले जानकारी दिएको छ । त्यसका लागि उनीहरुले मंसिर ४ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछन् ।

उक्त निर्णय हाल सार्वजनिक नगरिए पनि एमाओवादीभित्र नयाँ बहस अघि बढाउन पाउनुपर्ने माग गर्दै दाहालको नाममा चिठी लेखिएको उच्च स्रोतले बतायो ।

‘बदलिँदो परिस्थितिलाई एमाओवादीले आत्मसात् गर्न नसकेकाले हामी वैकल्पिक नयाँ राजनीतिक शक्ति बनाउन हस्ताक्षर बुझाएका हौं,’ एमाओवादी पोलिट्ब्युरोमा रहेका रामकुमार शर्माले  भने, ‘यो छिट्टै भविष्यमा नयाँ पार्टी बनाउने अभियान नै हो । अहिले पार्टीभित्र बसेर अभियान अघि बढाउँछौं ।’

मंसिर ४ गतेको भेलामा केन्द्रीय स्तरमा ‘नयाँ शक्ति निर्माण प्रचारक अभियन्ता’ को संरचना घोषणा हुने बताइएको छ । त्यो संरचनाले डेढ महिने राष्ट्रव्यापी चलाउने निर्णय भएको छ । ‘हामी जिल्ला, नगर हुँदै गाँउ तहसम्मै पुग्ने योजनामा छौं,’ एमाओवादी पोलिट्ब्युरोमा रहेका अर्का नेताले खुलाए ।

[कसकसले छाडे पार्टी सूची हेर्नुहाेस्]

एमाओवाद प र याग गनह १. देवे पौडेल २. राम रझन यादव ३. रामच झा ४. गंगानारायण “े# ५. राजेकु मार (कराती ६. महे पासवान ७. साथी /वनाम ८. नवराज सुवेद ९. भ3बहादर शाह ु १०. भीम7साद गौतम ११. रमेश िस9देल १२. रामबहादर बोहोरा ु १३. सर/वती चौधर १४. अर=वद साह १५. रामच भ>टराई १६. कलामुAन राईन १७. नदनकु मार दB १८. 7मोदनारायण यादव १९.रमेशरCज झा २०. कु मार पौडेल २१. रामलोटर ितवार २२. सुशीला िसपाDली २३. रCजीत पटेल २४. बेदिनिध अिधकार २५. कृ Fण शमाD २६. सोनामिसं /याGतान २७. (हिसला यमी २८. कHपना धमला २९. देवे पराजुली ३०. Iखमलाल देवकोटा ३१. =वFणुह र शमाD ३२. कमल खनाल ३३. यमुना भूसाल ३४. डा. भरत लािमछाने ३५. िचनक कु मM ३६. राज(कशोर यादव ३७. घनOयाम यादव ३८. बिलराम साह ३९. अIPबका थापा ४०. कHपना सुवेद ४१. बलावती शमाD ४२. महे शमाD ४३. लीला भQडार ४४. रामकु मार शमाD ४५.