जोनी जेन्टलमेन’ की आँचल ‘मिस नेपाल’ बन्ने !

1.1K

जोनी जेन्टलमेन’ की आँचल ‘मिस नेपाल’ बन्ने !

झविन्द्र देवकोटा/ ‘जोनी जेन्टलमेन’ की नायिका आँचल शर्माले फिल्म केरियरकी चर्चित नायिकासँगै आफुमा मिस नेपाल हुने चाहना रहेको बताइकी छन् । फिल्म आउनु पहिले फिल्मी दुनियानै थाहाँ नभएको बताउने उनले रहरको फिल्मी दुनियाले आफुलाइ फिल्ममै फिज्ने नायिकाका रुपमा स्थापित गराएको सुनाउछिन् ।

उनी भन्छीन्–‘मैले हिजो नेपाली÷हिन्दी दुबै फिल्मका बारेमा रुचि राख्दैन थे, खै कसरी यो दुनियामा आए थाँहै भएन, नाई नभन्नु ल –४ बाट पल शाहसँगै फिल्मी दुनियामा डेब्यू गरेकी हुँ । मुभि ब्रेक गरेर भएपनि मिस नेपालमा जाने मेरो ठुलो रहर छ ।’ उनमा मिस नेपाल बन्ने ठुलो रहर छ । ‘बाबाले सानैदेखि तिमि मिस नेपाल बन्ने जस्तै राम्री छौं, ट्यालेन्ट छौ, तिमि त मिस नेपाल बन्छ्यौ भनेर बारम्बार भनि रहनु हुन्थियो । त्यसको भूत ममा सवार छ म अबको दुई तीन वर्षमा जसरी भएपनि मिस नेपाल बनेरै छाड्ने छु ।’–उनले भित्री कुरा सुनाईन् ।

यहि भदौको ३० गते देशका ५० बढी चलचित्रमा एकै साथ रिलिज हुन थालेको चलचित्र ‘जोनी जेन्टलमेन’ को प्रमोशनका लागि मंगलबार बुटवलमा आएकी आँचलले हामीसँगको भेटमा मिस नेपाल बन्ने रहर जसरी पनि पुरा गर्ने र मुभिलाई पनि सँगसँगै लैजाने रहर सुनाईन् । काठ्माण्डौमा सन् २०१५ मा भएको मिस प्लस टु नेपालमा वीनर समेत भएकी थिईन् आँचल ।

विस वर्षिया आँचलको भनाईमा उनी रुचि नभईकनै रंगमञ्चको दुनियामा छिरेकी हुन् । उनले हेरेकै पहिलो चलचित्र भनेकै दया ह्याङ्ग राई अभिनित ‘लुट’ हो । त्यसपछि बल्ला उनमा चलचित्र हेर्ने बानी पर्याे । नर्मता श्रेष्ठलाई आफ्नो आदर्श मान्ने आँचलले फिल्मी क्षेत्रमै आएपछि पल शाहलाई भेटेकी हुन् । नाई नभन्नु ल –४ मा काम गर्दा धेरै अनुभव संगाल्न पाएकी उनको दोस्रो मुभि जोनी ज्यान्टलमेन र तेस्रो मुभि ‘ब्याक’ चैतमा रिलिज हुँदै छ । ‘जोनी जेन्टलमेन’ मा पल शाहसँग अभिनय गरेकी आँचल ‘ब्याक’ मा भने आकाश श्रेष्ठसँग देखिने छन् । उनले खुसुक्क हामीलाई भनिन् चलचित्रलाई खाली नराम्रो मानिन्छ, मैले यो क्षेत्रमा त्यस्तो पाईन, कसैले नराम्रो सोच राखे तुरुन्त म प्रतिकृया दिई हाल्छु । म त बोक्सर पनि त हुँ नी । उनले हाँस्दै भनिन् ।

‘जोनी जेन्टलमेन’ को प्रमोशनका लागि नायक पल शाह पनि मंगलबार बुटवलमै आएका थिए । उनले हामीसँगको भेटमा उनले भने ‘मैले राम्रा चलचित्र मात्र खेल्ने छु ।’ नेपालमा वर्षमा एक सय ५० चलचित्र बन्ने र त्यसमा मात्र ५ वटा चलचित्र राम्रा बन्ने बताउने उनले तीनै ५ मध्येको एक चलचित्र आफ्नो रोजाई रहने बताए । उनले दर्शकको सुझाकै आधारमा चलचित्रमा अभिनय गर्ने बताए । उनले ‘जोनी जेन्टलमेन’ प्रेमकथामा आधारित र एक्सन चलचित्र भएकाले अन्य चलचित्रमा भन्दा फरक तरिकाले यसलाई प्रस्तुत गरिएको बताउछन् । यसभन्दा अगाडि नाई नभन्नु ल–४ र म यस्तो गित गाँउछु गरि दुई चलचित्रमा अभिनय गरेका पलले ‘जोनी जेन्टलमेन’ फरक अनुभव र फरक बिषय बस्तुको चलचित्र भएको बताउछन् ।

नितिन चन्दको निर्देशन र एन्ड्रियु पौडेलको निर्माणमा तयार भएको चलचित्रमा पल एग्रि योंगम्यानका रुपमा प्रस्तुत हुँदै छन् भने आँचल श्री र पल जोनी का रुपमा पर्दामा देखिने छन् । श्रीका कारण जोनी कसरी ‘जोनी जेन्टलमेन’ बन्नेछन् त्योा त चलचित्र हेरेर नै थाँहा हुने छ । एउटा एनजिओमा काम गर्ने श्रीले एक युवकलाई कसरी ‘जोनी जेन्टलमेन’ बनाउछिन् यो नै चलचित्रको मुख्य विषय हो ।

एक करोड २० लाखका निर्माण भएको चलचित्र नेपालको काठमाण्डौ लगायत भारतका दिल्ली, गोवा, गुहवाटी, राजस्थान लगायतका स्थानमा सुटिङ्ग भएको कार्यकारी निर्माता अजय मल्ल ठकुरीले जानकारी दिए । चलचित्रमा पल, आँचलसँगै विकास जोशि, जैन कुँवर, सन्तोष शिलवाल गिरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । सबै विषयबस्तुलाई सानदार तरिकाले प्रस्तुत गरेकाले चलचित्रले राम्रो कमाउने अपेक्षा निर्माण पक्षको छ ।