अन्तर वडा महिला हाजिरी जवाफ प्रतियोगिता

1.3K

अन्तर वडा महिला हाजिरी जवाफ प्रतियोगिता

मिना पौडेल
देवदह, १ असोज । संसार हाक्न सक्ने महिलाहरु चुलोचौकोमा मात्र समिति रहन नहुने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले देश विकासमा महिलाहरुको भूमिका अतुलनिय भएकाले बाह्य क्रियाकलापमा पनि महिलाहरुको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए ।

क्लासिक मिडिया देवदहले आयोजना गरेको अन्तर वडा महिला हाजिरी जवाफ प्रतियोगिता २०७४ लाई सम्बोधन गर्दै उनीहरुले उक्त कुरा बताएका हुन् । प्रतियोगितामा देवदह क्षेत्रका १२ वटै वडाका महिलाहरुले सहभागिता रहेको थियो । जसमा वडा नं ५ का सृजना वलीको समुह प्रथम, वडा नं ८ का शर्मिला पाण्डेको समुह द्धितिय र वडा नं ११ का सावीत्री चौधरीको समुह तृतिय भएका छन् ।

प्रतियोगितमा प्रथम, द्धितिय र तृतिय हुनेले नगद सहित शिल्ड तथा प्रमाण पत्र हात पारेका थिए । ३ चरणमा गरिएको प्रतियोगितामा प्रत्येक वडाका ३÷३ जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा क्लासिक मिडिया देवदहका अध्यक्ष तेजु अर्याल, देवदह नगर उप–प्रमुख बिद्यालक्ष्मी गुरुङ्ग, देवदह आर्दश बहुमुखी क्याम्पसका प्राचार्य मित्रलाल न्यौपाने, ड्रिम देवदहका अभियन्ता सिद्धिचरण भट्टराई, नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष बासुदेव रिमाल, महामाया भवानी माविका प्राचार्य दिनानाथ अर्याल, रेडियो देवदहका स्टेशन म्यानेजर रमेश पोखरेल, गुरास डिष्टिलरीका अञ्चल अफिसर रोशन खड्का, उज्यालो लाल्टिनका अध्यक्ष राजिव सापकोटा, युगिन साहित्यका सुसिल सापकोटा, संचारकर्मी कमल पाण्डे लगायतले आ–आफ्ना भनाई राखेका थिए ।