महासंघका निर्णय कार्यान्वयन गर्न आग्रह

1.3K

महासंघका निर्णय कार्यान्वयन गर्न आग्रह

बुटवल, ५ असोज । पश्चिमाञ्चल यातायात स्वतन्त्र कर्मचारी युनियनद्वारा विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चिठठा उपहारको नतिजा प्रकाशन कार्यक्रम एक समारोहका बीच सम्पन्न गरेको छ ।

समितिको कार्यालयमा विहिवार आयोजित कार्यक्रममा नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले महासंघले गरेका निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेमा व्यवसायीको हक हित सुरक्षित हुने र व्यवसाय फष्टाउने धारणा राख्नु भयो । अध्यक्ष रानाभाटले व्यवसायी र कर्मचारीको पक्षमा संघ सस्थाले प्रभावकारी रुपमा काम गर्नु पर्ने बताउदै कर्मचारी र व्यवसायी बीचको सम्बन्ध प्रगाढ बनाउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टिकाराम गौतमले पदाधिकारी र कर्मचारी एक सिकाका दुई पाटा भएकाले दुवैले आफनो कर्तव्य र दाईत्व बोध गर्नु पर्नेमा जोड दिनुभयो । समितिका निर्वतमान अध्यक्ष लोकराज पोखरेलले कर्मचारीहरु संघ सस्थाका गहना भएकाले त्यसको प्रयोग कसरी गर्ने भन्ने कुरा जिम्मेवारीमा बस्नेहरुले बुझनु पर्ने धारण राख्नु भयो । लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद खरेलले कर्मचारीलाई असल र खराब वनाउन उसले गर्ने कामले प्रभाव पार्ने बताउनु भयो ।

पश्चिमाञ्चल यातायात स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष टोपलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमा समितिका कार्यालय प्रमुख बावुराम अधिकारी, युनियनका निर्वतमान अध्यक्ष प्रकाश गैरे, सचिव हिम्मत आर्चाय लगाएतले वोल्दै कार्यक्रमले एक आपसमा भाईचाराको सम्बन्ध विकास गर्ने धाराण राख्नु भएको थियो ।

कर्मचारी युनियनद्वारा खोलिएको उपहार चिट्ठाको नतिजामा प्रथम पुरस्कार ५० केजीको खसी प्रिमियर ईन्सुरेन्स कम्पनी बुटवल शाखालाई, दोस्रो पुरस्कार ४५ केजीको खसी रविन विरगंजलाई, तेस्रो पुरस्कार ४० केजीको खसी मधु पौडेल कावासोतीलाई र चौथो पुरस्कार ३५ केजीको खसी भवानी सरदार कंचनपुरलाई परेको छ । पुरस्कार विजेताले एकसाता भित्रमा अर्धकट्टि सहित कार्यालयमा सम्र्पक गरि आफनो पुरस्कार लैजान समेत आह्वान गरिएको छ ।