बुटवल १६ असोज/सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड दिउसो ३ बजेबाट पुन एकतर्फी सुचारु भएको छ ।पहिरो पन्छाएर २ तर्फी सडक खुलाउनका लागि बिहान साढे ११ बजदेखि सडकमा आवागमन बन्द गरिएको थियो ।
४ वटा स्काभेटर र जेसिबि (डोजर)ले सडकमा खसेको पहिरो हटाउने काम गरेपनि सडकको पहिरो पन्छाउन नसकेपछि पुन एकतर्फी नै बाटो सुचारु गरिएको हो ।
तिनाउ गाउ“पालिका ३ दोभान र सिद्धबाबाको बिचमा रहेको हेडबक्स नजिकै पहिरो खसेको छ । ।राजमार्ग अबरुद्ध हुंदा सडकमा सयौं यात्रुहरुको बिचल्लीमा परिरहेका छन् ।
सिद्दार्थ राजमार्ग अवरुद्ध हु“दा बुटवलवाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखा“ची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फवाट बुटवलतर्फ आउने सवारी साधन र यात्रु बाटोमै अलपत्र परेका हुन् । सिद्धबाबा सडकको जोखिम न्युनिकरणका लागि बिकल्प नै खोज्नुपर्ने सरोकारवालाले बताएका छन् ।