एम्नेष्टिको परिषद बैठक, तयारीको काम पुरा

एम्नेष्टिको परिषद बैठक, तयारीको काम पुरा

amnesty antबुटवल, १८ कात्तिक । एम्नेष्टि इन्टरनेशनल नेपालको २४ औं साधारण सभा (राष्ट्रिय परिषद बैठक) बिहिबारदेखि बुटवलमा शुरु हुँदैछ ।
मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा क्रियाशिल एम्नेष्टि इन्टरनेशनल नेपालको तीन दिनसम्म चल्ने परिषद बैठकमा नागरिकको शान्तिपूर्ण बाँच्न पाउने अधिकारको बिषयमा छलफल हुनेछ ।
मुलुकमा दण्डहिनता मौलाउँदै गएको र दण्डहिनता अन्त्यकालागि सरकारलाई प्रतिवद्ध बनाउनकालागि संस्थाले के गर्न सक्छ ? सरकारलाई कसरी जवाफदेहि बनाउन सकिन्छ भन्ने बिषयमा केन्द्रित हुने एम्नेष्टि इन्टरनेशलन नेपालका अध्यक्ष सुर्य अधिकारीले बताउनु भउयो ।
परिषद बैठकमा देशभरीका ५५ वटा समुहबाट १ सय १० जना सहभागि हुनेछन । परिषद बैठकको उद्घाटन बिहिबार दिउँसो १ बजे मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले गर्नु हुनेछ । उद्घाटन सत्रमा नागरिक समाजका प्रतिनिधि एवं वुद्धिजीवीहरुको समेत सहभागिता रहने एम्नेष्टिले बुधबार एक बिज्ञप्ती जारी गरी जनाएको छ ।
विश्वका १५० भन्दा बढी मुलुकमा ७० लाख भन्दा बढी सदस्य रहेको विश्वकै सबैभन्दा ठूलो मानवअधिकारवादी संस्था लामो समयदेखि नेपालमा पनि मानव अधिकारको क्षेत्रमा कार्यरत रहेको छ ।
सन् १९७७ को नोबेल शान्ति पुरस्कार लगायतका पुरस्कारबाट सम्मानित संस्थाको परिषद बैठकमा राष्ट्रिय कार्यसमितिका पदाधिकारीहरु तथा पर्यवेक्षकहरुको सहभागिता रहनेछ ।
परिषद बैठकले गरेका निर्णयहरु जानकारी गराउनकालागि कात्तिक २२ गते बिहान पत्रकार सम्मेलन गरिने संस्थाले जनाएको छ ।
त्यसैगरी परिषद बैठकको सम्पूर्ण तयारी पुरा भएको तयारी समितिका संयोजक करुण खनालले जानकारी दिनुभयो ।
यहि कात्तिक १९ देखि २१ गतेसम्म बुटवलमा हुने २४ औं साधारण सभामा सहभागि हुन देशभरीबाट आउने प्रतिनीधि तथा व्यबस्थापन टिमलाई होटल तथा आवाश व्यबस्थापन, प्रचार–प्रसार तथा स्थानीय स्तरमा रहेका संघसंस्था लगायतलाई आमन्त्रणकालागि पत्राचार गर्ने काम पुरा भएको छ भने तयारीका अन्य कामहरु पनि पुरा भएको स्थानीय आयोजक एमनेष्टि इन्टरनेशलन नेपाल समुह १२ की संयोजक बालकुमारी भण्डारीले बताउनु भयो ।
साधारण सभा पश्चात संस्थाको रिक्त पदहरुमा निर्वाचनको समेत कार्यक्रम रहेको छ । केही समय अंगाडी केन्द्रीय समितिका पदाधिकारी सहित सदस्यहरुले राजिनामा गरेपछि उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, दुई खुला सदस्य र एक महिला सदस्यको पद रिक्त छ । जसमा महासचिव पदमा एक उमेद्वारी परेपछि समुह १२ बुटवलका पूर्व संयोजक करुण खनाल निर्बिरोध भईसक्नु भएको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •