चितुवाको आक्रमणबाट बालिकाकाे ज्यान गयाे

1.3K

चितुवाको आक्रमणबाट  बालिकाकाे ज्यान गयाे

अर्घाखाँची, १७ असाेज ।सोमवार साँझ सन्धिखर्कको कुर बेंहोरेमा चितुवाले लगेको बालिका १३ घन्टापछी मृत फेला परेकी छन् ।

सन्धिखर्क नगरपालिका २ कुर बेंहोरेका अशोक नेपालीका ७ बर्षिय छोरी प्रतिक्षा नेपालीलाइ सोमवार साँझ सवा ७ बजे चितुवाले आक्रमण गरि लगेको थियो ।

राति अबेर सम्म खोजी गरिएको थियो तर फेला नपरेपछी आज बिहानै ५ बजेबाट पुन खोजीकार्यलाइ निरन्तरता दिइएको थियो ।

बिहान करिब ८ बजे सन्धिखर्क बेंहोरकोे बिच जङगलमा ति बालिकाको शव फेला परेको हो । बिगत ३ बर्षमा चितुवाको आक्रमण बाट करबि १ दर्जन बालबालिकाको ज्यान गई सकेको छ ।

बालबालिकामाथी आक्रमण गर्ने चितुवाको पहिचान गरी मार्न जिल्ला प्रशासन कार्यालयले नेपाली सेना र नेपाल प्रहरीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।