जुवा र लागु औषधमा पक्राउ १५ जनालाई मुद्धा दायर

1.3K

जुवा र लागु औषधमा पक्राउ १५ जनालाई मुद्धा दायर

12019845_455066491347118_3141406848687817997_nबुटवल, कात्तिक । बुटवलमा जुवा खेलिरहेको अवस्थामा फरक फरक ठाउँबाट १२ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ ।
ईलाका प्रहरी कार्यालयको टोलीले बुटवल ५ गोलपार्क स्थित चौबहादुर गुरुङ्को जुवा खेलिरहेका ६ जना र बुटवल १० भुवन पथ स्थित प्रेमचन्द्र पौडेलको घरमा जुवा खेलिरहेका ६ गरी १२ जना सहित ६० हजार १ सय ७५ रुपैंया बरामद गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले बताउनु भयो ।
सोमबार पक्राउ परेका उनीहरुलाई मंगलबार जुवा मुद्धा दर्ता गरि प्रहरीले थप अनुसन्धान थालेको छ । त्यसरी पक्राउ पर्नेहरुमा बुटवल उपमहानगरपालिका वार्ड नं. ५ का ३७ वर्षीय कुमबहादुर गुरुङ्, देवदह ९ बस्ते बागलुङ् गलकोटका ३७ वर्षीय तोरण बिक्रम मल्ल, बुटवल ६ का ५४ वर्षीय नेत्रबहादुर गुरुङ्, बुटवल १ का ६० वर्षीय चेतबहादुर गुरुङ्, बुटवल ५ कै २८ वर्षी चित्राकुमारी गुरुङ र ३० वर्षीय ढाकाकुमारी गुरुङ्लाई पक्राउ गरिएको हो ।
त्यस्तै बुटवल ११ का ३२ वर्षीय केदारनाथ भुसाल, बुटवल ११ बस्ते गुल्मी जुभुङ्का ३८ वर्षी बिष्णु अर्याल, बुटवल ९ का ४७ वर्षीय अर्जुन भुसाल, बुटवल ११ कै ४१ वर्षीय चिरन देवकोटा, बुटवल १० बस्ने गुल्मी भनभनेका ३८ वर्षी बिष्णु घिमिरे र ६० वर्षीय प्रेमचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरि जुवा मुद्धा दर्ता गरी अनुसन्धान थालेको हो ।
त्यस्तै प्रहरीले लागु औषध सहित पक्राउ गरेका ३ जनालाई पनि मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।
यहि कात्तिक ४ गते बुटवलको नयाँ बसपार्कबाट काठमाण्डौ महानगरपालिका १ का २७ वर्षीय लाशा« लामा र सोही ठाँउका ३३ वर्षीय दिपेश लामालाई २७ सिसि नुफिन, डाईपेजाम ९७ सिसि, फेरागन ९७ सिसि आगु औषध सहित प्रहरीले पक्राउ गरेको थियो ।
त्यस्तै गत शनिबार बुटवलको ट्राफिक चोकबाट ४ सिसि नुफिन, ४ सिसि डाईजेपाम, ४ सिसि फेनरागन र ५ थान सिरिन्ज सहित पक्राउ परेको बागलुङ् नगरपालिका २ बागलुङका २७ वर्षी अभिषेक गैरेलाई लागु औषध मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक खड्काले बताउनु भयो ।