
बुटवल, २१ असोज । व्यक्ति हत्या गरी फरार अभियुक्तलाई प्रहरीले २० वर्षमा पक्राउ गरेको छ ।
२० वर्ष अंघि गंगोलियाको कान्छि बजारमा व्यक्ति हत्या गरि फरार रहेका तिलोत्तमा १७ का ३६ वर्षीय मानबहादुर थारुलाई गत बुधबार ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो ।
२०५४ साल मंसिर १ गते रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १७ कान्छिबजार (साविक मक्रहर वडा नं. ५) का २६ वर्षीय रुदल यादवलाई गोली हानी हत्या गरेर मानबहादुर थारु फरार भएको थियो ।
दशैंको समयमा लुकिछिपि हिंडिरहेको वेला प्रहरीले पक्राउ गरी थप अनुसन्धान अंगाडी बढाएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।