परदेशी युवाहरुले दिए पिपलधारालाई एम्बुलेन्स उपहार

1.3K

परदेशी युवाहरुले दिए पिपलधारालाई एम्बुलेन्स उपहार

ambulance pipaldhara (8)बिक्रम खड्का
बुटवल,कार्तिक । वेरोजगारी समस्याका कारण मौलान पसेका गुल्मीको एक दुर्गम गांउका युवाहरुले गाउको माया एम्बुलेन्स उपहार दिएर दर्शाएका छन् । सदमुकाम तम्घासदेखि झण्डै २२ किलोमिटर पश्चिम रहेको पिपलधारा गाविसका युवाहरुको सक्रियतामा गाउले एम्बुलेन्स पाएको छ ।
गाउबाट विभिन्न १५ मुलुकमा रोजगारी तथा अध्ययनका लागि पुगेका युवाहरुको सक्रियातामा गाउमा एम्बेलेन्स आएको छ ।
हरेक बर्ष गाउलेहरुले तत्काल उपचार पाउन नसक्दा ज्यान गुमाएको अतित सम्झिएका ति युवाहरुले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रकमबाट भर्खरै गाउका लागि एम्बुलेन्स खरिद गरिएको बताएका छन् । ambulance pipaldhara (3)
पिपलधार चौतारी सम्पर्क समिति विश्व संजाल गुल्मी नामक संस्थामार्फत उनिहरुले विभिन्न देशबाट रकम जम्मा गरि विजया दशामीकै अवसर पारेर एम्बेलेन्स हस्तान्तरण गरेका हुन.् ।
पिपलधारमा रहेको स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्दै सो संस्थाका महासचिव कृष्ण खनालले अव कुनै पनि गाउले दाजु भाई तथा दिदिवहिनीले तत्काल उपचार नपाएर मृत्यु भएको खवर सुन्न नपर्रोस भन्ने कामना गरे ।
झण्डै ११ लाखको लागतमा गाउमा एम्बुलेन्स भित्रिएको बताउर्दै संस्थाका अध्यक्ष कमल जिसीले आफुहरु परदेशमा रहेपनि गाउको मायाले सताई रहने भन्दै त्यहि माया स्वरुप गाउका लागि एम्बुलेन्स खरिद गरिएको बताए ।
गाविसमा एम्बुलेन्सको महशुस गरेर समाजिक संजाल वाट्सफमार्फत गाविसका युवाहरुले यो अभियानमा साथ दिएका हुन् ।
उक्त अभियानमा संजालमार्फत स्वदेशी तथा विदेशी नागरिकहरुले पनि सहयोग प्रदान गरेका थिए । आफुहरुले एक छाक खाएर गाउका लागि एम्बुलेन्स प्रदान गरेको भन्दै सो संस्थाका एक जना सदस्य रविन महतले एम्बुलेन्सको दुरुपयोग भए परदेशिएका युवाहरुको पाप लाग्ने बताए । पिपलधारा गाविसमा एक कार्यक्रमको अयोजना गरेर उक्त एम्बुलेन्स गुल्मी क्षेत्र न ३ का सांसद गोकर्णराज विष्टको आतिथ्यतामा हस्तान्तरण गरिएको हो । पीपलधारा स्वास्थ्य चौकीका प्रमुख प्रेम खनाल र व्यवस्थापन समितिका अध्यक्ष हरि वहादुर थापालाई सम्युक्त रुपमा एम्बुलेन्सको चावी हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा सांसद विष्टले विदेशीको मुख ताक्नुको सट्टा सबै नागरिक मिलेर पनि पुर्वाधारहरु खाडा गर्न सकिने नमुना पिपलधाराका युवाले पेश गरेको बताए । ambulance pipaldhara (2)
युवाहरु मिलेमा पिपलधारा जस्तो विकासहिसाबले पछि परेको गाविसलाई नमुना गाविसका रुपमा अघि बढाउन सकिने भन्र्दै सोहि गाविसमा जन्मिएका गृह मन्त्रालयका उपसचिव डा. नारायण वहादुर थापालले गाउले दाजुभाईहरुको एकताको कामना गरे । संस्थाका  महासचिव कृष्ण खनालको अध्यक्षतामा भएको कार्यक्रममा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल, कांग्रेस उपसभापति भुवन प्रसाद श्रेष्ठ, एमाले सचिवालय सदस्य हिरा एसी, एमाओवादीका निम बहादुर पाण्डेय, राष्ट्रिय जनमोर्चाका हरि न्यौपाने,कोषाध्यक्ष राम प्रसाद घिमिरे, सदस्य प्रेमसागर विक, सल्लाहकारअसिम महत,सहसचिव बिक्रम केसी लगायतले परदेशी युवाहरुको उक्त कार्यको प्रशंसा गरेका थिए ।
सो अवसरमा युवाहरुले भुकम्प प्रभावित एक दर्जन पिडित परिवार, अपाङ तथा असाहाय परिवारलाई नगद सहयोग गर्नुका साथै गाविसमा रहेका दुई उच्च मावीका एसएलसी उर्तिण विद्यार्थीहरुलाई सम्मान गरेको संस्थाका सदस्य निरञ्जन खड्काले बताए ।सो अवसरमा रामचन्द्र चन्द, रितु थापा लगायतका कलाकारहरुले सांस्कृतिक प्रस्तुती दिएका थिए ।