सामाजिक बिकासमा सामुदायिक बनको महत्वपुर्ण भूमिका

1.3K

सामाजिक बिकासमा सामुदायिक बनको महत्वपुर्ण भूमिका

शँकरनगर, २९ असोज। तिब्र गतिमा विकसित हुँदै गएको सामुदायिक बनलाई फैलाउने मात्र होईन पैसामा रुपान्तरण गर्नु पर्ने आवश्यकता बढ्दै गएको सरोकारवालाले बताएका छन् । वनलाई पाल्ने हुर्काउने सँगै यसलाई कसरी पैसामा रुपान्तरण गर्न सकिन्छ भन्ने चिन्तनको विकास हुन अव त्यतिनै आवश्यक रहेको उनीहरुले बताएका हुन् ।

शँकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीको आईतवार भएको १७ औं वार्षिक साधारण सभामा बोल्ने सरोकारवालाहरुले वनको मोडल अव परिवर्तन हुनु पर्ने खाँचो औल्याए ।

कार्यक्रममा बोल्दै सर्वाेच्च अदालतका न्यायाधीश तेजबहादुर केसीले समूहको हित र विकासका लागि सामुदायिक वनले महत्वपुर्ण भूमिका खेलेको उल्लेख गर्दै बनलाई अव उपयोगि र उत्पादनमुखि बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले शँकरनगर वन क्षेत्रको केही जग्गा सम्वन्धि मुद्धा सर्वाेच्चमा विचाराधिन रहेकाले उक्त मुद्धाका विषयमा आफु सकारात्मक रहेको बताउदै विना पुर्जाको जग्गामा घर बनाउनु जगविनाको बालुवाको घर बनाउनु सरह भएको जिकिर गर्नुभयो ।

कार्यक्रममा जिल्ला वन कार्यायल अर्घाखाँचीका जिल्ला बन अधिकृत दिपक ज्ञवालीले बनलाई जोगाएर मात्र नहुने भन्दै आर्थिकोपार्जनको श्रोत बनाउनु पर्ने बताउनुभयो । उहाँले आर्थिक समृद्धिको दिशातर्फ उन्मुख हुनका लागि पनि वनलाई उत्पादन र पैसामा रुपान्तरण गर्ने बनाउनु पर्ने धारणा राख्नुभयो ।

सामुदायिक वनका अध्यक्ष राम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य यमबहादुर खत्री, जनमुक्ति पार्टिकी नेत्री गिता सारु, राष्ट्रिय जनमोर्चाका दयानिधि पौडेल, नेकपा माओवादीका खिमलाल पाण्डे, सामुदायिक वन महासंघ रुपन्देहीका अध्यक्ष मिना पाण्डे, तिलोत्तमा नगर विकास समितिका अध्यक्ष वेलप्रसाद शर्मा, शँकरनगर बन बाटिकाका सहसंयोजक कृष्णबहादुर रासकोटी, शँकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता समूहका अध्यक्ष हरि तिवारी, आनन्दवन शँकरनगर खानेपानीका अध्यक्ष केशव न्यौपाने, सहायक वन अधिकृत गिरीप्रसार गैरे, वनका पुर्व अध्यक्ष प्रेमबहादुर भण्डारी, राममाया पौडेल, शँकरनगर दुर्गादत्त उच्च माविका चण्डी प्रसाद पाण्डे, देवी सापकोटा, तोलाकान्त डुम्रे लगायतले बोल्नु भएको थियो ।

सामुदायिक वनका उपाध्यक्ष रवि वस्नेतको स्वागत र सचिव ईन्दु थापाको संचालनमा भएको कार्यक्रममा रुपन्देहीका पुर्व जिल्ला वन अधिकृत दिपक ज्ञवाली, पुर्व सहायक वन अधिकृत बसन्तबाबु श्रेष्ठ, शाखा अधिकृत रुद्र ज्ञवाली र शँकरनगर सामुदायिक वनका पुर्व अध्यक्ष दिलबहादुर कार्कीलाई सामुदायिक वनको संस्थागत विकास र सम्वद्र्धनामा योगदान पु¥याएको भन्दै सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यस्तै सोही अवसरमा वनले एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याएका शंकरनगर भित्रका सामुदायिक विद्यालयहरु जनजागृति मावि, जनज्योती मावि र शंकरनगर दुर्गादत्त उच्च माविका दुईदुई जना र दुर्गा बैदिक संस्कृत विद्यापिठका एक जना गरि सात जना विद्यार्थीहरुलाई नगद छात्रबृत्ति सहित सम्मान गरिएको सामुदायिक वनका उपाध्यक्ष रवि बस्नेतले जानकारी दिनुभयो ।

वनको वन्द सत्रमा कोषाध्यक्ष काँशिराम काफ्लेले समूहको आर्थिक प्रतिवेदन र लेखा संयोजक ठाकुर प्रसाद ढकालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सभाले अध्यक्ष, कोषाध्यक्ष र लेखा संयोजकको प्रतिवेदन पारित गरेको छ ।