बुटवल, ३१ असोज । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तीहारको समयमा राती दश बजेपछि देउसी भैलो लगायतका कार्यक्रम गर्न प्रतिवन्ध लगाएको छ ।
देउसी तथा भैलो लगायतका सांस्कृतिक कार्यक्रम रातको समयमा गर्दा अवाञ्छित गतिबिधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकुल असर पु¥याउन सक्ने भएकाले दश बजेसम्म मात्रै त्यस्ता कार्यक्रम गर्न प्रशासनले आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार सूचना जारी गरी तिहार, छठ पर्वमा भुईचम्पा, पटका लगायतका विष्फोटक पड्काउन पनि प्रतिबन्ध लगाईएको जनाएको छ ।
यस्ता विष्फोटक पदार्थको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने र चोटपटक तथा आगजनीको पनि खतरा हुने भएकाले धनजनको क्षेती रोक्नकालागि यस्ता बस्तुको प्रयोग नगर्न आह्वान गरेको हो । यदि कसैले यस विपरित काम गरेमा प्रचलित कानुन बमोजिम कारवाही गरिने जारी सूचनामा उल्लेख गरिएको छ ।