नयाँशक्ति सफल हुँदैन: टोपबहादुर

447

नयाँशक्ति  सफल  हुँदैन: टोपबहादुर

topbahadur-rayamajhi

काठमाडौं । एमाओवादी सचिव समेत रहेका उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँशक्ति निर्माण अभियान सफल नहुने दाबी गरेका छन् ।

एक समय भट्टराईको विश्वास पत्र रहेका रायमाझी अहिले पार्टीको नेतृत्व गरेर सरकारमा गएका छन् । पार्टीका पूर्व नेता समेत रहेका भट्टराईले नयाँ शक्ति निर्माणको अभियानमा र प्रधानमन्त्री निर्वाचनको समयमा पार्टीबाट सभासद लान खोजे पनि भट्टराई सफल नभएको दाबी गरे ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा रायमाझीले भने-नयाँ शक्ति निर्माणको नाममा बाबुराम भट्टराईले ठूलो गल्ती गरे । अहिलेको अवस्थामा त्यस्तो शक्ति नेपालमा बन्ने सम्भावना र आधार छैन ।’

पार्टी छाडेर जाँदैमा नयाँ शक्ति नबन्ने भन्दै उनले एमाओवादीलाई रुपान्तरित गरेर नयाँ शक्तिसहितको पार्टी बनाउनु पर्ने धारणा राखे । एमाओवादीबाट अहिलेसम्म पाँच समूह बाहिरिसकेकोको भन्दै रायमाझाीले बाबुराम भट्टराईको हल्लाले कुनै फरक नपर्ने दाबी समे गरेका छन् ।

पार्टीमा असन्तुष्टी राखेका ४५ जना सम्पर्कमा रहेको र त्यसमध्ये ८० प्रतिशत एमाओवादीमै र्फकने उनले दावी गरे । रायमाझीले भने-‘४५ जनाले पार्टीमा राजीनामा दिएका छैनन्, फरक मत मात्रै राखेका हुन् । सबै मेरो सम्पर्कमा छन् । उनीहरुले पार्टी छाड्दैनन् ।’

यद्यपि उनले लाखौं कार्यकर्ता भएको पार्टीमा ४५ जना बाहिरिँदैमा पार्टीलाई कुनै फरक नपर्ने ठोकुवा गरे ।