गजल

1.3K

गजल

11885399_403579749832778_6848847005022535330_nसरला भण्डारी

हसिँलो त्यो मुहार तिम्रो मन्द मुस्कान छर्दै
मिठासरुपी स्वादहरु पदमार्गमा छर्दै
पर्खाईको लामो घडी विति गए जावोस्
परेलीमा सजाई राखेँ अश्रुधारा झार्दै ।।

तिम्रो यादले सताउँछ हिजो भन्दा आज
मुटु भित्र पुजी राखे अव तिम्लाई राजा
जुग पछि मिलन भयो सपना जस्तो लाग्ने
सहज बन्छ यात्रा अव हातेमालो गर्दै ।।

मिलन हाम्रो सपना होइन विलाएर जाने
बादल जस्तो बर्सिएर पानी बन्दै जाने
जुन जस्तो आभा तिम्रो मुस्कानको खानी
तनवदनलाई बिर्साई दिने सितलता छर्दै ।।