डा. बावुराम भट्टराईले भने, ‘चुनावपछि एमाले-माअाेवादी अा-अाफ्नै बाटाे लाग्छन्’

484

डा. बावुराम भट्टराईले भने, ‘चुनावपछि एमाले-माअाेवादी अा-अाफ्नै बाटाे लाग्छन्’

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बावुराम भट्टराईले चुनाबपछि एमाले र माओवादीबीच पार्टी एकता नहुने दावी गरेका छन ।

सोमबार गोरखामा पत्रकारसँग कुरा गर्दै भट्टराईले भने, ‘सत्ता स्वार्थका लागि तालमेल भएको हो, चुनाव सकेपछि एमाले माओवादी आफ्नो आफ्नो बाटो लाग्छन् ।’

एमाले र माओवादीका नेताहरुले निषेधकारी नीति लिएपछि वाम गठबन्धनबाट आफू बाहिरिनु परेको उनको आरोप छ । वामपन्थीहरु रुपान्तरण भएर समाजवादी शक्ति बन्नु पर्ने उनले बताए ।

‘वाम गठबन्धन भित्र एमाले र माओवादीमै लुछाचुडी छ,’ उनले भने, ‘पार्टी एकता गरेर अघि बढ्ने भन्दा पनि सत्तामा को हावी हुने भन्ने तानातान बढी छ ।’

गोरखा क्षेत्र नम्बर २ मा चुनाव लड्न नदिएर समेत वाम गठबन्धनले निषेध गरेको उनले खुलासा गरे । ‘गोरखा २ मेरो जन्मथलो कर्मथलो हो, म यहाँबाट चुनाव उठनु स्वभाविक हो,’ उनले भने, ‘गोरखा २ बाट चुनाव लडन पाउँदैनस भनेर झमेला झिकियो ।’ यस्तै निषेधको जोडफलका कारण वाम गठबन्धनमा टिक्न नसकेको उनले प्रष्ट पारे ।

‘कांग्रेस र कम्युनिष्ट भनेर पर्खाल खडा गर्नु हुँदैन,’ उनले भने, ‘कांग्रेसको वामपन्थीकरण र वामपन्थीहरुको लोकतान्त्रिकरण भए शान्ति र समृद्धिले बाटो लिन्छ ।’ नयाँ शक्ति वामपन्थी लोकतान्त्रिक शक्ति भएको उनको दाबी थियो । ‘वामपन्थी र लोकतान्त्रिक भनेर कित्ताकाट गर्न हुँदैन, यी दुई शक्ति मिलेर मात्रै देशमा परिवर्तन सम्भव भएको छ ।’

वाम एकता घोषणा सभामा सहभगी डा भट्टराई गोरखा २ बाट साझा उम्मेदवार बन्ने अवस्था नभएपछि गठबन्धनबाट बाहिरिएरका थिए । अहिले उनी कांग्रेसको समर्थनमा गोखा २ बाट उम्मेदवार बनेका छन ।

प्रतिनिधीसभाका लागि पहिलो चराण निर्वाचन हुने ३७ वटा क्षेत्रमध्ये गोरखा २ सबैको चासोको केन्द्र बनेको छ । यस क्षेत्रबाट पूर्वसहयात्री वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र भट्टराई आम्नेसाम्ने भएका छन ।

माओवादीका वरिष्ठ नेता श्रेष्ठ वाम गठबन्धन र भट्टराई कांग्रेसको समर्थनमा साझा उम्मेदवार हुन । उनीहरुबीच कडा प्रतिस्पर्धा हुने सम्भावना छ ।

तर भट्टराईको अवसरवादी र अस्तित्ववादी चरित्र देखेर गोरखाली जनता रुष्ट बनेका छन । वाम गठबन्धबाट समाजवादी क्रान्तिको कार्यभार पुरा गर्ने पर्ने समयमा भट्टराई आफ्नै अस्तित्वका लागि कांग्रेससँग ताममेलमा गएपछि गोरखाली जनता थप चिडिएका छन ।