काँग्रेसको प्रचार संयोजकमा बालकृष्ण खाँड,मंगलबार पहिलो बैठक बस्यो

1.3K

काँग्रेसको प्रचार संयोजकमा बालकृष्ण खाँड,मंगलबार  पहिलो बैठक बस्यो

बुटवल । नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि प्रचार समिति गठन गरेको छ । मंगलबार काँग्रेसले संसदीय बोर्डका सदस्य समेत रहेका खाँडलाई प्रचार समिति संयोजक तोकेको हो ।

आसन्न निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारी नदिई समानुपातिक निर्वाचनको लागि बन्दसूचीमा नाम पठाईएपछि उनलाई यस्तो जिम्मेवारी दिईएको हो।

स्थानीय तहको निर्वाचनमा प्रचारप्रसार समितिको संयोजकको रुपमा रहेका नेता रमेश लेखक र सहसंयोजक गगन थापा मध्ये दुबैजना प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारी दिने तयारीमा रहेकोले खाँडलाई संयोजक तोकिएको हो ।

खाँड संयोजक तोकिएसँगै समितिको पहिलो बैठक बालुवाटारमा मंगलबार साँझ  बसेको छ् ।बैठकमा प्रचार प्रसारको कामलाई कसरी ब्यबस्थीत् गर्ने र् समिती बिस्तारका बारेमा गहन छलफल भएको संयोजक खाँडले लुम्बिनिअनलाइनलाई जानकारी दिनुभयो|