बुटवलमा जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता हुँदै

1.3K

बुटवलमा जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता हुँदै

बुटवल, १३ कात्तिक । न्यू लुम्बिनी व्याडमिन्टन क्लव बुटवल ७ शिवनगर रुपन्देहीले प्रथम जिल्ला स्तरीय खुल्ला व्याडमिन्टर प्रतियोगिता आयोजना गरेको छ ।

स्वास्थ्यकालागि खेलकुद, राष्ट्रकालागि खेलकुद भन्ने नारासहित यहि १७ र १८ गते जिल्ला स्तरीय प्रतियोगिता गर्न लागिएको सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

आफ्नै खेल मैदान शिवनगरमा हुने प्रतियोगितामा पुरुष डवल र भेट्रान्स डवलमा प्रतिस्पर्धा गराईने प्रतियोगिताका संयोजक बोनिन पियाले जानकारी दिनुभयो । जसमा पुरुष डवल तर्फ ५० टिम र भेट्रान्स डवल तर्फ १५ टिमलाई पहिलो दर्ताका आधारमा सहभागि गराईने छ ।

प्रतियोगितामा सहभागि हुनकालागि पुरुष डवलले २ हजार र भेट्रान्स डवलले १ हजार ५ सय रुपैंया दर्ता शुल्क बुझाउनु पर्ने क्लवले व्यबस्था गरेको छ । प्रतियोगितामा पुरुष डवल तर्फ प्रथम हुनेलाई ३२ हजार १११ र द्वितीय हुनेलाई २२ हजार १११ नगद पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै सेमिफाईनलबाट आउट हुने टिमलाई प्रोत्साहन स्वरुप १२ हजार १११ नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै भेट्रान्स तर्फ प्रथम हुनेलाई १२ हजार १११ र द्वितीय हुनेलाई ७ हजार १११ नगद पुरस्कार प्रदान गरिने संयोजक पियाले जानकारी दिनुभयो ।

पुरुष डवल र भेट्रान्स डवल गरी ६५ टिम सहभागि हुने उक्त प्रतियोगितामा ३ लाख खर्च लाग्ने अनुमान गरिएको छ । त्यसकालागि प्रवेश शुल्क र सहयोग संकलन गरिने क्लवले जनाएको छ ।

पछिल्लो समयमा स्वस्थ्य रहनकालागि शारीरिक व्यायामसंगै खेलप्रति आकर्षण बढेको र त्यसलाई व्यबस्थित गर्दै खेललाई व्यबसायिक रुपमा बिकास गर्नकालागि पहिलो पटक प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले बताउनु भयो । उहाँले अव प्रत्येक वर्ष जिल्ला स्तरिय यो प्रतियोगितालाई क्लवले निरन्तरता दिने पनि बताउनु भयो ।

खेलकुदको बिकासकालागि उपर्युक्त खेल मैदान र प्रतियोगिताहरुको आयोजना हुन जरुरी रहेको बताउँदै उहाँले व्याडमिन्टन खेलको बिकासकालागि क्लवले ईन्डोर कोर्ट बनाउने तयारी गरिरहेको जानकारी गराउनु भयो ।