ओभरलोड नियन्त्रणकालागि ट्रक व्यवसायी एकजुट

1.1K

ओभरलोड नियन्त्रणकालागि ट्रक व्यवसायी एकजुट

बुटवल १३ कात्तिक । नारायणी पश्चिमका क्षेत्रीय समितिका ट्रक व्यवसायी संघ र समितिको सोमवार बुटवलमा भएको भेलाले भारतीय मालबहाक सवारी साधनको ओभरलोड नियन्त्रणका लागि सवै व्यवसायी समिति एकजुट भएर अगाडी बढने निर्णय गरेका छन् ।

पश्चिमाञ्चल यातायात ब्यबसायी समिती, लुम्विनी ट्रक यातायात ब्यबसायी सघं र बाणगंगा यातायात व्यवसायी समितिले अगाडी सारेका ओभरलोड नियन्त्रणका कार्यक्रमलाई साथ दिने र प्रभावकारी रुपमा एकसाथ अगाडी बढाउने निर्णय भएको क्षेत्रीय व्यवस्थापन समितिका संयोजक तथा पश्चिमाञ्चल यातायात ब्यबसायी समितिका वरिष्ठ उपाध्यक्ष यमप्रसाद पाण्डेले बताउनु भयो ।

भेलाले यस अघि तय गरेको ढुवानी भाडादरलाई यही कार्तिक १७ गतेदेखि नारायणी पश्चिमका ट्रक व्यवसायीले लागु गर्ने र सम्बन्धित संघ संस्थाले आ आफनो क्षेत्रमा लागु भएनभएको अनुगमन गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै भाडा समायोजन र ओभरलोड नियन्त्रणका लागि नारायणी पश्चिमका यातायात व्यवसायी एकजुट भएर सामुहिक कार्यक्रम गर्ने तथा व्यवसायी हकहितका लागि आन्दोलन गर्नु परे पनि सामुहिक रुपमा गर्ने निर्णय गरिएको संयोजक पाण्डेले बताउनु भयो ।

भेलामा पश्चिमाञ्चल यातायात ब्यबसायी समिति, लुम्विनी ट्रक यातायात ब्यबसायी सघं, बाणगंगा यातायात व्यवसायी समिति र राप्तीअंचल सम्युक्त ट्रक समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।