शुक्रबार रुपन्देहीका २० पम्पबाट बाँडिदै छ पेट्रोल र डिजेल

शुक्रबार रुपन्देहीका २० पम्पबाट बाँडिदै छ पेट्रोल र डिजेल

ppबुटवल । रुपन्देहीमा शुक्रबार इन्धन वितरण गरिने भएको छ । रुपन्देहीका २० वटा पेट्रोल पम्पबाट पेट्रोल र डिजल बाँड्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सूचनाअनुसार रुपन्देहीमा निजी कार, ट्याक्सी र मोटरसाइकललाई इन्धन दिइने छ । जसका लागि ब्लुबुक अनिवार्य गरिएको छ ।

मोटरसाइकललाई रु ५०० र ट्याक्सीलाई १२०० रुपैयाँ बराबरको इन्धन दिने प्रसासनले जनाएको छ । २० वटा पम्पमध्ये १७ वटाबाट मोटरसाइकललाई इन्धन दिइने छ भने ३ वटाबाट मात्रै कार र ट्याक्सीलाई इन्धन दिने जिल्ला प्रसासन कार्यालय रुपन्देहीले जारी गरेको सूचनामा उल्लेख छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •