धार्मिक पर्यटन विकासको लागि महायज्ञ

1.3K

धार्मिक पर्यटन विकासको लागि महायज्ञ

सैनामैना, १३ कात्तिक । रुपन्देहीको सैनामैना– ९ माथिल्लो बासँगढीमा यहि कात्तिक १४ गतेदेखि श्रीमत्भागवत धन धाञ्याचल सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।सत्यलोक गणेश मन्दिरको आयोजनामा मङ्गलबारदेखि यहि कात्तिक २१ गते सम्म सञ्चालन हुने महायज्ञको तयारी पुरा भएको आयोजकले सोमबार पत्रकार सम्मलेन गरि जानकारी दिएको हो ।

माथिल्लो बासँगढी बरपानी सामुदायिक बनको एकान्त स्थलमा रहेको गणेश मन्दिरको विकास र प्रचार प्रसारको लागि महायज्ञ सञ्चालन गरिएको मन्दिर व्यबस्थापन समितिका अध्यक्ष तथा मुल आयोजक समितिका अध्यक्ष लिलाधर भण्डारीले जानकारी दिनु भयो ।

हिन्दु धर्मको संरक्षण र श्रीमदत्भागवतको महत्वको बारेमा जानकारी दिदै यस क्षेत्रको पहिचान बढाउनको लागि महायज्ञ आयोजना गरिएको भण्डारीले बताउनु भयो । महायज्ञमा उठेको भेटीबाट मन्दिर परिसर भित्र यज्ञसाला, भण्डार, धर्मशाला, बाचानालय लगायतका भौतिक पूर्वाधार निर्माण गरि उक्त स्थानलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गरिने योजना रहेको उँहाले बताउनु भयो ।

एकान्त र रमणीय स्थानमा धार्मिक स्थल रहेकाले पर्यटक पनि भित्राउन सकिने भएकाले बाल उद्यान, बनभोज स्थल, मनोरञ्जन पार्कमा रुपमा विकास गरिने भावि आयोजना छ ।महायज्ञमा पण्डित पुरुषोत्तम लम्साल सास्त्रीले कथाबाचन गर्नुहुने छ ।

महायज्ञ सम्पन्न गर्नकालागि १०१ जनाको मुल आयोजक समिति बनाई तयारी पुरा गरिएको श्रीमत्भागवत महायज्ञ संयोजक सागर लम्सालले बताउनु भयो । महायज्ञमा रुद्धि अभिषेक, प्राण प्रतिष्ठा, ब्रतबन्धन, भागवत कथा बाचन, भजन कृतन हुने लम्सालले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

त्यस्तै सैनामैना नगरपालिकाका वडा नं. ९ का वडा अध्यक्ष डोलराज भण्डारीले धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास गरिने बताउनु भयो । पुर्व पश्चिम राजमार्गबाट ४०० मिटर उत्तर बरपानी सामुदायिक बनमा मन्दिर छ ।