बुटवल, १९ कात्तिक । मन्त्रि परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले मधेश आन्दोलन तर्फ ईकित गर्दै त्यसले कसैलाई पनि हित नगर्ने बताउनु भएको छ । उहाँले मधेशमा उत्पन्न भएको समस्यालाई वार्ता र संवादबाटै सभाधान खोज्न उपर्युक्त हुने पनि सरकारलाई सुझाव दिनुभयो ।
एमनेष्टि इन्टरनेशलन नेपालको २४ औं साधारण सभा (परिषद बैठक)लाई बिहिबार बुटवलमा सम्बोधन गर्दै उहाँले मानव अधिकार रक्षाकालागि सरकारलाई गम्भिर बन्न आग्रह गर्नुभयो ।
मानवअधिकारकालागि शान्ति र लोकतन्त्र आवश्यक रहेको बताउँदै उहाँले नागरिकको मानवअधिकारको संरक्षण गर्ने दायित्व सरकार भएको प्रष्ट पार्नुभयो ।
‘मानवीय संवेदना र मानवतासंग सम्बन्धित आधारभूत कुराबाट बञ्चित हुन पुग्नेगरी गरिने आन्दोलन र संघर्ष एवं क्रियाकलापले हाम्रो गन्तिव्यलाई धुमिल बनाई दिन्छ र अनपेक्षित दिशातिर मोडिदिन्छ ।’ उहाँले भन्नुभयो–‘त्यसैले वार्ता र संवादबाट नै वर्तमान असहज परिस्थितीलाई अन्त्य गर्न र वास्तविक सम्बोधन गरिनुपर्ने समस्याको पहिचान र तदअनुरुप सम्बोधन गर्दै समाधान तर्फ अग्रसर हुन आन्दोलनरत पक्ष र सरकार लगायत सम्बद्ध सबैसंग आग्रह गर्दछु ।’
मधेश आन्दोलनका कारण मुलुकमा देखिएको ईन्धन ग्याँस लगायतका बस्तुको असहजता तथा न्यूनताले गर्दा जनजीवन कष्टकर हुन गएको औंल्याउँदै उहाँले आन्दोलन सुरु भएको ३ महिना पुग्न लाग्दा पनि समस्या समाधानको संकेत देखा नपर्ने दुर्भाग्य भएको बताउनु भयो । जसका कारण जनताको शहनशिलताको बाँध टुट्ने अवस्था आईसकेको उहाँको भनाई छ । त्यस्तै उहाँले आफ्ना माग सम्बोधन गराउनकालागि आन्दोलनकारी पक्षले गर्ने तौर तरिका जनताको मानवीय समस्या र जीवनसंग पनि संवेदनशिल भएर गर्न ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा बोल्दै पुर्व सभामुख दमननाथ ढुङ्गानाले आवरणको लोकतन्त्रले मुलुक परिवर्तन हुन नसक्ने बताउँदै लोकतन्त्रको मर्म अनुसार अंगाडी बढ्नु आजको आवश्यकता रहेको बताउनु भयो । लोकतन्त्रको भित्रि मर्म अनुसार अंगाडी बढेमा मानवअधिकारको स्वत संरक्षण र प्रवद्धन हुन सक्ने उहाँको भनाई थियो ।
एमनेष्टि नेपालका अध्यक्ष सुर्यबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका अगुवा प्राध्यापक डा. बिरेन्द्र बिश्र, बरिष्ठ पत्रकार तथा मानवअधिकार कर्मी पुरुषोत्तम दाहाल, एम्नेष्टि नेपालका पुर्व अध्यक्ष मार्शल जुलुङ् शाक्य, चरण पछाई, नेपाली कांग्रेस महासमिति सदस्य युवराज गिरी, बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख धु्रर्वबहादुर खड्का, नेपाल बार एशोसियसन पुनरावेदन अदालत बुटवलकी अध्यक्ष मिना पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष शेरबहादुर केसी, प्याब्सनका केन्द्रिय उपाध्यक्ष प्राध्यापक डा. आरसी आचार्य लगायतले परिषद बैठक सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा एमनेष्टि नेपालका निर्देशक रामेश्वर नेपालले एमनेष्टिको पृष्ठभूमिमाथी प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन परिषद बैठक तयारी समितिका संयोजक करुण खनाल तथा स्वागत तथा धन्यवाद समुह १२ बुटवलकी संयोजक वालकुमारी भण्डारी तथा एमनेष्टि नेपालका उपमहासचिव बिक्रम ढुकुचुले गर्नुभएको थियो ।
२१ गतेसम्म चल्ने परिषद बैठकमा सोमबार बन्द सत्रमा बिधान संशोधन, आर्थिक तथा वार्षिक प्रतिवेदनमाथि छलफल हुनुका साथै मुलुकमा भईरहेको दण्डहिनताको बिषयमा पनि छलफल हुने संस्थाले जनाएको छ ।
परिषद बैठकमा देशभरीका ५५ वटा समुहबाट ११० जना प्रतिनीधि, केन्द्रिय समितिका पदाधिकारी तथा प्रयावेच्छेक गरि करिव १५० जना सहभागि हुनेछन