
बुटवल, १५ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले गुल्मीमा नेपाली कांग्रेसको जितलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ । उहांले ईतिहास र कामको मुल्याङ्कनका आधारमा नेपाली कांग्रेसको जित सुनिश्चित भएको दाबि गर्नुभयो ।
नेपाली कांग्रेस गुल्मी रुपन्देही सम्पर्क समितिले बुधबार बुटवलमा गरेको शुभकामना तथा स्वागत कार्यक्रममा बोल्दै नेता भण्डारीले आफुले गुल्मी जिल्लालाई नेपालको नमुना बनाउने काम गरेको भन्दै जनताले त्यसको मुल्यांकन गर्ने बेला आएको समेत बताउनु भयो ।
‘गुल्मी क्षेत्र न. १ बाट म प्रतिनिधि सभाको उम्मेदवार बनेको छु, हार्नुपर्ने कुनै कारणै छैन,बिकासमा बाढी ल्याएको तपाइहरुले देख्नुभएकै छ ।’उहांले अगाडी भन्नुभयो–‘कामलाइ महत्व दिन्छु र प्रचारबाजी र झुटा कुरा गर्न मलाइ आउदैन ।’ ‘गुल्मीमा ७३ वटा सडक योजना पारेको छु र ४३ वटा पुल जिल्लामा निर्माणाधिन छन्’ उहांले भन्नुभयो ।
भण्डारीले आफु निर्बाचनका बेलामा मात्र नभइ सधै जनताकै बिचमा रहेर काम गरिरहेको बताउनुभयो । उहांले दलीय गठबन्धन सकारात्मक भएको बताउदै लोकतान्त्रिक शक्ति र वामपन्थीका दुई शक्ति भए नेपालमा पुग्ने उहांको भनाई छ । गठबन्धनका कारण भाग खोसिएका कार्यकर्ताहरुको राजनीतिक भविष्यका बारेमा सोच्न उनले दलका शीर्ष नेताहरुलाई आग्रह गर्नुभयो । बालकृष्ण ढुंगेल पक्राउबारे टिप्पणी गर्दै उहांले यसले कानुनी राज्य स्थापित गर्नका लागि सघाउ पु¥याउने बताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा तर्फ क्षेत्र न २ का उमेदवार चन्द्र केसीले कम्युनिष्टहरुको ईतिहास कहि पनि नभएको भन्दै भाषणमा मात्र काम गर्ने र जनतालाई सधै अन्धकारमा राख्नेहरुसंगबाट परिवर्तन सम्भव नभएको बताउनुभयो । ‘राणा, पञ्चायत,राजतन्त्र सबैसंग कांग्रेस लडेर बिजयी भएको इतिहास छ, अब हाम्रो अन्तिम लडाइ कम्युनिष्टहरुसंग बांकी छ’ उहांले भन्नुभयो ।
सम्पर्क समितिका सभापती रामचन्द्र भुषालको अध्यक्षतामा भएको कार्यक्रममा प्रध्यापक डा. बुद्ध वहादुर थापा, डा. नारायाण कंडेल, नेपाली कांग्रेस रुपन्देहीका क्षेत्रिय सचिव जोग वहादुर खत्री, युवराज कंडेल, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष बिक्रम खड्का, छाया पोख्रेल, महिला नेतृ सावित्रा टण्डन, समितिका गोकर्ण सिंह थापा, घनश्याम पन्त लगायतले बोल्दै कांग्रेसको जित अनिबार्य रहेको बताउनुभयो ।