बुटवल, १५ कात्तिक । पार्किङ् गरि राखेका मोटर साईकलमा आगजनी गर्नुका साथै बिभिन्न स्थानमा तोडफोड गरेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बिहिबार राती बुटवलका बिभिन्न स्थानमा तीन वटा मोटर साईकलमा आगजनी गर्नुकासाथै बिभिन्न स्थानमा तोडफोड गरेको आशंकामा ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले दुई जनालाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
बिहिबार राती करिव पौने १ बजेको समयमा बुटवल ५ अमरपथमा पार्किङ् गरि राखेको लु ३० प १६३३, लु ३५ प २६१९ र बुटवल चौराहामा लु २१ प २११४ नम्बरको मोटर साईकलमा आगजनी भएको थियो ।
ती मोटरसाईकलमा आगजनी गर्नेलाई खोजी गर्ने क्रममा सटर हान्ने तथा तोडफोड गर्दै हिँड्ने २ जनालाई पक्राउ गरिएको प्रनाउ भट्टराईले बताउनु भयो । उनीहरुमाथि थप अनुसन्धान भईरहेको बताउँदै आगजनी गरेनगरेको खुल्ने प्रहरीले बताएको छ ।