सत्यलोक गणेश मन्दिरमा जारी महायज्ञमा भक्तजन बढ्दै

567

सत्यलोक गणेश मन्दिरमा जारी महायज्ञमा भक्तजन बढ्दै

सैनामैना १८ कात्र्तिक । रुपन्देहीको सैनामैना ९ स्थीत सत्यलोक गणेश मन्दिरमा जारी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा दिन प्रतिदिन भक्तजनहरुको चहलपहल बढीरहेको छ । सैनामैना ९ बाँसगडी विसकिलो चोकबाट ४ सय मिटर उत्तर तर्फ रहेको मन्दिरमा पूर्वाधार निर्माण गर्ने र त्यस स्थानलाई धार्मिक महत्वको क्षेत्र बनाउने उदेश्यले महायज्ञ सञ्चालन गरिएको हो ।

कात्र्तिक २१ गते सम्म सञ्चालन हुने महायज्ञमा पण्डित पुरुषोत्तम लम्साल शास्त्रीले कथाबाचन गरिरहनुभएको छ । महायज्ञबाट सहयोग संकलन हुने क्रम पनि चलिरहेको छ । सनिबार सैनामैना ९ निवासी जमुना गैरेले १ लाख ११ हजार १ सय ११ रुपैया महायज्ञमा दान गर्नुभएको छ । उहाँले आफ्ना पति स्वर्गिय गोपिकृष्ण गैरेको स्मृतीमा सो रकम प्रदान गर्नुभएको हो ।

त्यसै गरी सैनामैना निवासी छबिलाल भटराईले ५१ हजार १ सय ११ रुपैया सहयोग गर्नुभएको महायज्ञ मुल समितिका सचिव कृष्ण प्रसाद तिवारीले जानकारी दिनुभयो । यसै गरी आज चम्कीपुरमा रहेको स्वास्थ्य प्रगतिशिल आमा समुहले पनि सदस्यहरुबाट संकलन भएको १८ हजार ५ सय ८१ रुपैया, ११ मुरी धान र २ मुरी चामल महायज्ञमा प्रदान गरेको छ ।

महायज्ञमा विहान ११ बजेसम्म धार्मीक कर्मकाण्डीय कार्य, ११ बजेदेखी साँझ ५ बजेसम्म कथा प्रवचन ५ बजेपछि भजनकिर्तनको कार्यक्रम भइरहेको महायज्ञ संयोजक सागर लम्सालले बताउनुभयो । महायज्ञबाट संकलन भएको रकमले गणेश मन्दिरका थप संरचना निर्माण गर्ने र सो ठाउँलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गरीने मुल आयोजक समितिका अध्यक्ष लिलाधर भण्डारीले जानकारी दिनुभयो ।