ग्यास व्यबसायीका समस्या महासंघमा उठाउँछु : श्रेष्ठ

493

ग्यास व्यबसायीका समस्या महासंघमा उठाउँछु : श्रेष्ठ

बुटवल, १८ कात्तिक । ग्याँस बिक्रेता संघ बुटवल उपमहानगर समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले पुनः प्रदिप पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

११ सदस्यीय कार्य समितिको उपाध्यक्षमा सूर्य खनाल, महासचिवमा नारायण खनाल, कोषाध्यक्षमा यमलाल भुसाल र सददस्यहरुमा गंगा पन्थी, गीता खनाल, दुर्गा पौडेल, जीवलाल भुसाल गणेश पाण्डे, लक्ष्मण न्यौपाने र कपिल अधिकारीलाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।
साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले ग्याँस उद्योगीले बिक्रि कमिसन घटाएको विषयलाई महासंघमा उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै बुटवल उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष खिमबहादुर हमालले व्यबसायीका समस्यालाई बस्तुगत समिति मार्फत संघमा उठान गर्न आग्रह गर्नुभयो । व्यबसायीका समस्या समाधानकालागि आफूले विशेष पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

शनिबार सम्पन्न साधारण सभा तथा अधिवेशनको अवसरमा बुटवल उद्योग बाणिज्य संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी सदस्यहरुलाई सम्मान गरिएको थियो ।

ग्याँस विक्रेता संघ बुटवल नगर समितिका अध्यक्ष प्रदिप पन्तको अध्यक्षतामा भएको कार्यक्रममा ग्यास बिक्रेता महासंघका सचिव तथा रुपन्देहीका अध्यक्ष बसन्त गौचन, रुपन्देही व्यापार संघका सहसचिव नामदेव पाण्डे, बुटवल नगर समितिका महासचिव नारायण खनाल लगायतले भनाई राखेका थिए ।