सदभावना पार्टीका महासचिव सिंह रुपन्देहीमा पक्राउ

1.3K

सदभावना पार्टीका महासचिव सिंह रुपन्देहीमा पक्राउ

sadvabananaभैरहवा,कात्तिक। अनिल झा नेतृत्वको सदभावना पार्टीका केन्द्रीय महासचिव हरिशचन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको छ । गाडीमा ढुगांमुढा गरेको आरोपमा महासचिव सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बिहीबार बन्दको क्रममा प्रहरीले भैरहवा लुम्विनी सडकखण्ड गोनाहा ६ बनगाईस्थित गाडी स्कोटिङ गरेर लैजाने क्रममा गाडी माथि ढुंगा मुढा प्रहार भएको थियो । प्रहरीले बल प्रयोग गर्दै उनलाई नियन्त्रणमा लिएको ने.स.पा.का केन्द्रिय सदस्य वसिउल्लाह फकीरले बताएका छन् । नेता कुर्मीलाई हिरासत मुक्त नगर्दा सम्माका लागि उनी सडकमै अनशन बसेका छन् । सोही क्षेत्रमा गत भदौ २९ गते गाडी स्कोटिङ गरेर लैजाने क्रममा आन्दोलनकारीले ढुगांमुढा प्रहार गरेपछि प्रहरीले चलाएको गोली लागेर ४ वर्षीय बालकसहित ६ जना सर्वसाधारणको मृत्यु भएको थियो ।महासचिव सिंहलाई पक्राउ गरेको विरोधमा सो क्षेत्रमा प्रहरी प्रशासनविरुद्ध नाराबाजी भइरहेको छ ।