भारतको नाकाबन्दीको बिरोधमा राष्ट्रसंघ कार्यालय अगाडि नेपालीको प्रदर्शन (फोटो फिचर)

733

भारतको नाकाबन्दीको बिरोधमा राष्ट्रसंघ कार्यालय अगाडि नेपालीको प्रदर्शन (फोटो फिचर)

सन्तोष न्यौपाने
बेल्जियम
भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा स्वीजरल्याण्डमा बस्दै आएका नेपालीले प्रदर्शन गरेका छ्न । जेनेभामा रहेको संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि उनीहरुले प्रदर्शन गरेका हुन् ।
भारतले करिव दुई महिनादेखि नेपालमाथि लगाएको नाकाबन्दी विरुद्ध स्वीटरल्याण्डको जेनेभास्थित राष्ट्रसंघीय कार्यालय अगाडी नेपालीहरुले प्रर्दशन गरेका छन् । स्थानीय समयअनुसार अपरान्ह ठिक दुई बजेर तिस मिनेट जाँदा सुरु भएको प्रर्दशन झण्डै दुई घण्टा चलेको थियो । बिरोध प्रर्दशनमा बक्ताहरुले भारतले लगाएको नाकाबन्दीका कारण ६० हजारभन्दा धेरै बिद्यालय बन्द रहेको, सयौं अस्पतालहरु प्रभावित भएको करोडौं जनता इन्धन अभावका कारण छटपटाइरहेको भन्दै अन्तराष्ट्रिय समुदायलाई भारतीय अपराधविरुद्ध बोल्न आव्हान गरेका थिय |
स्विस निवासी पत्रकार ददि सापकोटाको को पहलमा बिरोध प्रर्दशन कार्यक्रम गरिएको थियो ।संयुक्त राष्ट्रसंघको मानवअधिकार सम्बन्धी बैठकमा भाग लिन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासहितको नेपाली टोली जेनेभा आएको छ ।
फोटो सौजन्य : बिजय शर्मा दर्पण/स्वीजरल्याण्डjenebha Nepali-Protest-Against-India-Blockade-At-UN-headquarters-geneva1 united-nation-geneva-nepali-julus-3 united-nation-geneva-nepali-julus-8