सुकुम्बासी समस्या समाधान काँग्रेसको पहिलो प्राथमिकतामा

1.3K

सुकुम्बासी समस्या समाधान काँग्रेसको पहिलो प्राथमिकतामा

बुटवल, ३० कात्तिक । स्थानीय तहको निर्वाचनमा सुकुम्बासी समस्यालाई जोडतोडले उठाएको नेपाली काँग्रेसले आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा पनि सुकुम्बासी समस्या समाधानलाई पार्टीको पहिलो एजेण्डा बनाएको छ ।

प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचनकालागि नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ ले ल्याएको प्रतिवद्धता पत्रमा सुकुम्बासी तथा अव्यवस्थित वस्तीमा बसोबास गर्नेलाई लालपूर्जासहित उचित बस्तीको रुपमा विकास गर्ने कुरालाई प्राथमिकता दिएको छ । त्यस्तै अव्यस्थित सुकम्बासी बस्तीका युवा तथा महिलालाई स्वरोजगार सृजना गर्न तालिम र अनुदानको व्यवस्था गर्ने नेपाली काँग्रेसको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

यहि मंसिर २१ गते हुने निर्वाचनबाट नेपाली काँग्रेसले विजय हासिल गरेको खण्डमा रुपन्देहीलाई पाँच नंम्बर प्रदेशको राजधानी बनाउने प्रचिवद्धता काँग्रेसले गरेको छ । नेपाली काँग्रेसले रुपन्देहीको क्षेत्र नं. २ बाट प्रतिनीधि सभामा महाधिवेशन प्रतिनीधि युवराज गिरी र प्रदेश सभामा २(१)बाट मजदुर नेता महाधिवेशन प्रतिनीधि काजिमान श्रेष्ठ तथा २(२)बाट नेता बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष महेशमान सिंहलाई उम्मेदवार बनाएको छ ।

नेपाली काँग्रेसले संविधान सबैको अपनत्व कायम हुने गरी आवश्यकता अनुसार संशोधन गरी कार्यान्वयनमा जोड दिइने, देशभक्ति आचरण, संस्कृति र शिक्षाको व्यवस्था गरी राष्ट्रिय अखण्डताको संरक्षण गर्ने, सामाजिक न्याय र समावेशी करणलाई स्थानीय तह र जनताको आँगनमा पु¥याउन समताको आधारमा समानता तिर उन्मुख हुन दलित, जनजाति, सुविधा विहिन, श्रमिक, पिछडावर्ग आदिको हित हुने विशेष व्यवस्थाका लागि राष्ट्रिय अभियानको रुपमा प्याकेज तयार गर्न लगाउने, देशबाट युवाहरुको पलायन रोक्न रोजगारका नीति तयार गरी रोजगारमुखी विज्ञान र प्रविधियुक्त शिक्षा, तालिमको व्यवस्था गर्न पहल गर्ने, विपन्न र असहायका निम्ति सम्मानजनक जीवन यापन र अन्तर्राष्ट्रिय स्तरको पहिचान कायम गर्न चाहिने पूर्वाधार र नवप्रर्वतनात्मक ज्ञानको लागि राष्ट्रिय रुपमा रणनीति योजना बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

त्यस्तै नेपाली काँग्रेसले महिलालाई समाजका अभिन्न अंगको रुपमा परिभाषित गर्दै संवैधानिक रुपमा नै महिलाको विषय राष्ट्रिय राजनीतिको अङ्ग बनेको र महिलालाई उत्थान र विकासमा नेपाली कांग्रेसले पहिलो दर्जामा राख्नेछ, बुटवल नेपालकै पहिलो शहर पनि भएको र बुटवललाई प्राधिकरण बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

नेपाली काँग्रेसले शिक्षा तर्फ बुटवल बहुमुखी क्याम्पसलाई स्तरोन्नती गरि प्रादेशिक विश्वविद्यालय बनाउने, तिलोत्तमा नगरपालिकामा मेडिकल कलेज र सैनामैना नगरपालिकामा इन्जिनियरिङ् कलेज सम्भाव्यता अध्ययन गराई सि.टि.इ भि.टीको राष्ट्रिय तालिम केन्द्र स्थापना गर्ने, निशुल्क आधारभूत तथा माध्यमिक शिक्षालाई कार्यान्वयन गराउने, युवा स्वरोजगार र अभिमुखीकरण कार्यक्रम राष्ट्रिय रुपमा बुटवलबाट शुरु गर्ने, लुम्बिनीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउने कार्यक्रम सञ्चालन गर्ने नेपाली काँग्रेसको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तैगरी नेपाली काँग्रेसले बुटवल प्राधिकरण बनाउने प्रतिवद्धता सहित प्राधिकरणका माध्यमबाट सैनामैना, बुटवल र तिलोत्तमालाई समेटेर चक्रपथ निर्माण गर्ने, बुटवल काठमाण्डौपछिको आकर्षक दोस्रो शहर बन्दैगर्दा बुटवललाई आर्थिक केन्द्रका रुपमा बिकास गर्ने बिशेष पहल गर्ने कुरालाई जोडदार रुपमा उठान गरेको छ ।

लामो समयदेखि बन्द बुटवल धागो कारखानालाई पुनःसञ्चालन गर्न पहल गर्ने, बुटवल मण्डपमा स्थायी अत्याधुनिक प्रदर्शन स्थल निर्माण गर्ने, युवा जनशक्तिलाई राष्ट्रिय खेलकुदको दायरामा ल्याई व्यक्तिगत रुपमा शरीरको व्यायाम, आहार र व्यवहार प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय खेलकुद जगतमा पु¥याउने, त्यसकालागि बुटवल, तिलोत्तमा र सैनामैनामा खेलकुद मैदानहरुको निर्माण गर्ने, आकर्षक रंगशाला निर्माण गर्ने कुलालाई प्रतिवद्धता पत्रमा उल्लेख छ ।

बुटवलमा खानेपानीको हाहाकार हुनुको जिम्मेवार नेकपा एमाले भएको उल्लेख गर्दै खानेपानी समस्या समाधानको उपाएहरु नेपाली काँग्रेससंग रहेको र विश्व बैंक, एसियन डेभलभमेन्ट बैक र अन्तर्राष्ट्रिय मुद्रा कोषले काँग्रेसको सरकार भएमा अनुदान दिने प्रतिबद्धता जाहेर गरेको उल्ल्ेख गरिएको छ । नेपाली काँग्रेसले सडक, खानेपानी, टेलिफोन र विद्युतका लागि एकैपटक समन्वय गरी निर्माण र मर्मत गर्न पहल गर्ने, पर्यटन तर्फ बुटवल, तिलोत्तमा र सैनामैनामा भएका उद्यानलाई सुविधा सम्पन्न बनाउन र बाल, युवा, जेष्ठ नागरिकलाई उपयुक्त हुने गरी विकास गर्न पहल गर्ने, रामापिथेकस पार्क, जीतगढी, मणिमुकुन्द सेन उद्यान, सैनामैनामा भएका ऐतिहासिक स्थलको संरक्षण, मठमन्दिर, मष्जिद्, गुम्बा, विहार, चर्च आदि धार्मिक प्रतिष्ठानको संरक्षण र संवद्र्धन, स्थानीय भेषभूषा, भाषा, संस्कृति रहनसहनको संरक्षण, नदी उकास क्षेत्रलाई सदुपयोग गर्नका लागि मनोञ्जनात्मक पार्क निर्माण गर्ने प्रतिवद्धता जनाएको छ ।

पुरानो बुटवल बजारको ऐतिहासिक स्वरुपलाई नवीन रुपमा हिउँदे तिनाउ जलकुण्डका माध्यमबाट तिनाउ नदीको दायाँ र बायाँ भागमा रात्री जल सौन्दर्य दर्शन केन्द्रको रुपमा विकास गर्ने नेपाली काँग्रेसले प्रतिवद्धता गरेको छ ।