बुटवल, २ मंसिर । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन बुटवलमा पदस्थापना गरिएको छ । १४ औं वार्षिक साधारणसभा तथा सातौ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शनिवार पदस्थापना गरिएको हो ।
पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द्रकुमार श्रेष्ठले नेपालले सबै भन्दाबढी व्यापार घाटा पेट्रोलियम पदार्थमा ब्यहोर्नु परेको बताउनुभयो । व्यवसायमा घाटा हुन नहुने उल्लेख गर्दै उहांले ब्यवसायी पनि लागत अनुसार मुनाफा भए नभएको तर्फ जानकार हुनुपर्ने बताउनुभयो । उहांले वितरण प्रणालीमा देखिएको समस्यालाई सुधार गर्न आयल निगमलाई आग्रह गर्दै टन ओभर करमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल आयल निगम भलवारी डिपोका प्रमुख अशोक शाहले १० दिन भित्रमा पेट्रोलियम पदार्थको अभावलाई समाधान गर्ने आश्वासन दिएका छन् । उहांले पेट्रोलियम पदार्थको अभावलाई सहज गराउने प्रयास भैरहेको बताउदै अहिले खेतीपातीको समय भएकाले किसानहरुलाई पहिलो प्राथमिकता दिन व्यवसायीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पेट्रोलियम डिलर्स एशोसिएसन चितवनका अध्यक्ष इश्वरी भट्टराई, ट्याँकर व्यवसायी संघ रुपन्देहीका अध्यक्ष राकेश कशौधन, बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष विमलराज भट्टराई, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डे लगायतले बोल्दै पेट्रोलियम व्यवसायीलाई उपभोक्ता मुखी हुन आग्रह गर्नुभयो ।
सो अवसरमा एशोसिएशनका नव निर्वाचित अध्यक्ष पे्रम न्यौपाने, वरिष्ठ उपाध्यक्ष हिमाल गैरे, प्रथम उपाध्यक्ष योगेन्द्र गुप्ता, द्धितीय उपाध्यक्ष रजनिसराज आचार्य, महासचिव हरिराम कसौधन, कोषाध्यक्ष बिशाल गैरे, सचिव गोपालप्रसाद वस्याल, सह–कोषाध्यक्ष निरजनारायण श्रेष्ठ, सह(सचिव अशोककुमार अग्रहरीलगायतका पदाधिकारी, कार्यसमिति सदस्य तथा जिल्ला प्रतिनिधिहरुलाई निर्वाचन आयुक्त अधिबक्ता महेन्द्र पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो ।
सोही अवसरमा एशोसिएसनको विधान अनुसार अध्यक्ष न्यौपानेले अभिषेक भारी, जावेद जाफरी, मोहम्मद अस्लाम खान, विजय जायसवाल, र रत्ना काउचालाई कार्य समिति सदस्यमा मनोनित गर्नु भएको छ । यस्तै लेखा समिति संयोजकमा प्रेम वाग्ले तथा सुनिल थापा र सन्नी कान्दुलाई सदस्यमा मनोनित गरिएको छ ।
निर्वाचन समितिका सदस्य खिमानन्द भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पे्रम न्यौपानेले तेल खरिद गर्दा लस हुने समस्यालाई आगामी ३ वर्ष भित्र समाधान गर्ने, आवश्यक्ता अनुसार निजी ढुवानी गाडीको व्यवस्था गर्ने, पेट्रोलियम पदार्थको स्तरवृद्वि गर्ने र व्यवसायीको हितमा कामगर्ने प्रतिवद्वता जनाउनु भएको छ ।