ब्यालेटबाट कम्युनिष्ट शासन आउँदैन भन्दै संयोजक खाँणले भने – काँग्रेसले ८२ सिट जित्छ

1.3K

ब्यालेटबाट कम्युनिष्ट शासन आउँदैन भन्दै संयोजक खाँणले भने – काँग्रेसले ८२ सिट जित्छ

 भैरहवा, ५ मसिंर/नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन कमिटीका सयोंजक बालकृष्ण खाणँले आगामी प्रतिनिधी सभा र प्रदेस सभा निर्वाचनमा नेपाली कँग्रेसको बहुमत आउने दावी गर्नु भएको छ ।
लोकतान्त्रिक गठबन्धन समावेश अरुदलहरुको बाहेक काँग्रेसको मात्रै ८२ सिट आउने उहाँले बताउनु भयो ।
सयुक्त लोकतान्त्रिक गठबन्धन रुपन्देही क्षेत्र नं ३ ले मगंलवार फर्साटिकटमा आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै पुर्व रक्षा मन्त्री समेत रहनु भएका खाणँले आफुहरुको यो दावी हावादारी नभई बिभिीन्न सर्वेक्षण र अनुसन्धानमा आधारीत रहेको समेत प्रस्टाउनु भयो ।
त्यस्तै समानुपातिक तर्फ काँग्रेसले जनताको लोकप्रीय मत ४२ प्रतिशत ल्याउने उहाँले बताउनु भयो ।
आउदो निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले प्रस्ट बहुमत ल्याई काँग्रेसको नेतृत्वमा सरकार बन्ने भन्दै उहाँले यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रीक(राप्रपा) सगंको गठबन्धन स्वभाविक र राष्ट्रिय आवश्यकताको आधारमा गरिएको बताउनु भयो ।
टिक बितरणको क्रममा सवैलाई टिक दिन नसकिएको भन्दै यसपटक धैर्य गरेर गठबन्धनलाई बलियो बनाउन लागि पर्नेलाई अर्को पटक प्राथमिकतामा राखेर न्यान दिईने समेत उहाँले बताउनु भयो ।
राष्ट्रियत, प्रजातन्त्र, लोकतान्त्र, शान्ति प्रक्रिर्या र सविधान कार्यान्वयन गर्न लोकतान्त्रिक गठबन्धन गरिएको समेत उहाँले बताउनु भयो
‘काँग्रेसको नियती नै भनौ या बाध्यता जव मुलुक अप्ठ्यारोमा पर्छ ,कठीन अवस्थामा हुन्छ, त्यो बेला काँग्रेसले अरुलाई साथमा लिएर हिड्नु परेको छ, काँग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणले भन्नु भयो –राष्ट्रियता र जनताकै उपलब्धी रक्षा गर्न हामीले समय अनुसार राजा, माक्सबादी माले, माओबादी केन्द्र र अहिले राप्रपालाई साथ लिएका छौ ।’ कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य मन्त्री एवं सयुक्त लोकतान्त्रिक गठबन्धन रुपन्देही क्षेत्र नं ३ प्रतिनिधी सभा उम्मेदवार राप्रपाका बरीष्ठ नेता दिपक बोहोराले आगामी मसिंर २१ सम्म आफुलाई साथ दिन आग्रह गर्दै त्यसपछि जनताको साथमा रहेर काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
आफुले बिगतमा यो क्षेत्रमा भैलेभुज मार्फत थुप्रै बिकासका काम गरेको स्मरण गर्दै आफु बिजयी भएमा फर्साटिकमा २५ सैयाको अस्पताल निमार्ण गर्ने उहााले बताउनु भयो ।
आफु सधै जनताको साथमा रहेर जनतासगं प्रत्यक्ष जोडीएर काम गर्ने नेता भएको भन्दै आफु र आफ्ना गठबन्धनका उम्मेदवार बिजयी भएमा यो क्षेत्रलाई नमुनाको रुपमा अगाडी बढाउने बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा क्षेत्र ३ रुपन्देही २ का उम्मेदवार हरीध्वज मल्लले बिकास र प्रजातन्त्रको रक्षाकालागी आगामी प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई जिताउनु पर्ने बताउनु भयो ।
कम्युनिष्टहरुको गठबन्धनले मुलुकको राष्ट्रिय राजनीतिलाई अन्यौलमा धकेली रहेको अवस्थामा भोलीका दिनहरुमा लोकतान्त्रिक सविधान कार्यान्वयनमा शंकां रहेको भन्दै उहाँले मुलकको सार्वभौम अधिकार रक्षा, राष्ट्रिय एकता कायम र सविधान कार्यान्वयन गरी जनताका मौलिक हक र अधिकार सुनिश्चित गर्न लोकतान्त्रिक गठबन्धनको बिकल्प नभएको बताउनु भयो ।
प्रदशस सभा १ का उम्मेदवार देवि प्रसाद चौधरीले जनताले बिकास र स्वतन्त्रता चाहेकाले आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको बिजयी सुनिश्चित भएको दावी उहाँले गर्नु भयो ।
सयौ नेता कार्यकर्ता लोकतान्त्रीक गठबन्धनमा प्रबेस
यसैबिच आमसभामा माओबादी केन्द्र र एमालेका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरु लोकतान्त्रीक गठबन्धनमा प्रबेश गरेका छन् ।

ब्यालेटबाट कम्युनिष्ट शासन आउँदैन- खाँण

यसैगरी  केन्द्रिय संयोजक बालकृष्ण खाँणले ब्यालेटबाट कम्युनिष्ट शासन व्यबस्था आउन नसक्ने बताउनु भएको छ ।
उहाँले व्यालेटबाट कम्युनिष्ट शैलीको शासन व्यबस्था ल्याउने सपना नदेख्न पनि एमाले माओवादीलाई सल्लाह दिनुभयो ।
आसन्न निर्वाचनका लागि एमाले माओवादीको बाम गठबन्धनले उद्योगी व्यबसायी तथा आम नागरिकलाई ठूलो सन्त्रास पैदा गराएको बताउँदै उहाँले एमाले माओवादी गठबन्धनको सन्त्रासबाट कत्तिपनि विचलित नहुन आग्रह गर्नुभयो ।
पूर्व मन्त्री समेत रहनु भएका नेता खाँणले नेपाली काँग्रेस कमजोर हुँदा राष्ट्रियता, लोकतन्त्र पनि कमजोर हुने र शान्ति प्रकृयामा पनि बाधा व्यबधान आउने बताउँदै राष्ट्रियता, लोकतन्त्र र शान्ति प्रकृयालाई मजबुद बनाउन नेपाली काँग्रेस बलियो बनाउनु पर्नेमा जोड दिनु भयोे ।
नेपाली काँग्रेस निर्वाचन परिचालन समिति केन्द्रीय मतदान प्रशिक्षण समन्वय उपसमितिको आयोजनामा मंगलबार बुटवलमा भएको मतदान प्रशिक्षण कार्यक्रममा बोल्दै नेता खाँणले काँग्रेसको जनआधार र माहौल बनेको देखेकै कारण बाम गठबन्धन गरेको उल्लेख गर्नुभयो ।
उहाँले एमाले माओवादीको कम्युनिष्ट शासन व्यबस्था ल्याउने कुराले सामान्य तटस्त मतदातामा ठूलो सन्त्रास फैलिएको बताउँदै भन्नुभयो–‘कम्युनिष्ट शैलीको शासन व्यबस्था व्याटेटबाट आउँदैन, बन्दुकबाट आउँछ ।’
उहाँले १६५ सिट प्रतिनीधि सभामा नेपाली काँग्रेसले ८० सिटमा जित हासिल गर्ने दावी गर्दै बदर रोक्न सके यो संख्या पनि ह्वात्तै बढ्ने जिकिर गर्नुभयो । समानुपातिकमा ४५ प्रतिशत नेपाली काँग्रेसले ल्याउने दावी गर्दै लोकतानित्रक गठबन्धनबाट पनि सबै ठाउँमा जित हासिल गरे नेपाली काँग्रेसले सजिलै सरकार बनाउने नेता खाँणले उल्लेख गर्नुभयो ।
निर्णायक राजनीतिक घटनाक्रममा नेपाली काँग्रेसले नै नेतृत्वदायी भूमिका निर्वाह गरेको र जारी संविधान पनि नेपाली काँग्रेसकै नेतृत्वमा जारी भएकाले संविधानको कार्यान्वयन गर्ने दायित्व पनि नेपाली काँग्रेसकै भएको उहाँले उल्लेख गर्नुभयो ।
उक्त प्रशिक्षण कार्यक्रममा पाँच नम्बर प्रदेशका बिभिन्न जिल्लाबाट १७० जना सहभागि रहेका थिए । उनीहरुलाई नेपाली काँग्रेस महाधिवेशन प्रतिनीधि अधिवक्ता अनिता शर्माले प्रशिक्षण गर्नुभएको केन्द्रीय मतदात प्रशिक्षण समन्वय उपसमितिका सदस्य कुलप्रसाद लामिछानेले बताउनु भयो ।